Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँचबर्ष मुनिका बालबालिकालाई मासिक २ सय भत्ता दिईने

Published on 12:55:00 PM //


२५ असार, काठमाण्डौं । वृद्ध, अपाङ्ग र लोपोन्मुख जातिलाई विशेष भत्ता उपलब्ध गराउँदै आएको सरकारले आगामी आर्थिक बर्षदेखि पाँचबर्ष मुनिका बालबालिकालाई पनि भत्ता दिने तयारी गरेको छ ।
आर्थिक बर्ष २०६९/७० को बजेट तयार गरिरहेको अर्थमन्त्रालयले दुर्गम तथा पिछडिएको कर्णाली अञ्चलकका बालबालिकालाई मासिक दुईसय रुपैयँा भत्ता दिन लागेको हो । अर्थसचिव कृष्णहरी बाँस्कोटाले दुर्गम तथा पिछडीएको कर्णाली अञ्चलका बालबालिकालाई पोषणभत्ताका रुपमा मासिक दुईसय रुपैयाँ उपलब्ध गराउने योजना बजेटमा समेट्न लागिएको जानकारी दिनुभयो ।
सामाजिक सुरक्षाकोष मार्फत पाँच बर्ष भन्दा कम उमेरका बालबालिकालाई सो रकम वितरण गर्न लागिएको राजधानी दैनिकले खबर छापेको छ । यो कार्यक्रम कर्णालीबाहेकका अन्य अञ्चलका दुर्गम क्षेत्रमा पनि विस्तार गर्ने योजना सरकारले बनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग