Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजेट ल्याउन नरोक्नुस्: प्रधानमन्त्री

Published on 11:14:00 PM //

 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै दलको न्यूनत सहमति जुटाएर बजेट ल्याउन लागेको बताउनुभएको छ ।
बजेट नल्याउँदा राष्ट्रिय रूपमा नै आर्थिक संवृद्धिमा संकट पर्नेहुँदा बजेट ल्याउन कसैले पनि रोक्न नहुने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको गाउँ वस्ती भ्रमण गर्ने अभियान अन्तर्गत भक्तपुरको ताथलीको सौडोलमा आइपुग्नु भएका प्रधानमन्त्रीले आइतवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट बजेट ल्याउनमा कसैले पनि अवरोध खडा गर्न नहुनेमा जोड दिनुभयो ।
सरकार समय समयमा परिवर्तन भइरहे पनि बजेट भने नियमति प्रक्रिया भएकाले यसलाई कसैले पनि रोक्न नुहने भन्दै प्रधानमन्त्री भट्टराईले भन्नुभयो,–“बजेट ल्याउन अवरोध भए देशको आर्थिक संवृद्धिमा नै संकट उत्पन्न हुन्छ त्यसैले बजेट ल्याउन कसैले पनि नरोक्ने आफूलाई पूर्ण विश्वास छ ।” आफू कहिल्यै पनि सहमतिको वाधक नभएको भन्दै भट्टराईले सबै दलहरुसँग सहमति कायम अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री भट्टराईले संयोग वा दुर्भाग्य बस संविधानसभा विघटन भएको स्मरण गर्दै उहाँले भन्नुभयो, –“अझै पनि केही नबिग्रिएकाले सबै दलहरुसँग छलफल गरी अगाडि बढ्न सकिने शनिबार साँझ भक्तपुरको ताथली आइपुग्नु भएका प्रधामन्त्री स्थानीय रामलाल नेमाफुकिको घरमा बास बस्नु भएको थियो । अन्तक्र्रियामा बोल्दै प्रधानमन्त्रीले किसानको छाप्रोमा बसेर दुख, पीर, मर्का सुझाव र आलोचना बुझ्ने क्रममा आफू भक्तपुरको ग्रामीण भेगमा आइपुगेको बताउनुभयो ।
सर्वसाधारणको घरमा आएर रात विताउँदा स्थानीय गरिब किसानको आतित्थ्यताले भाव विहोल बनेको बताउँदै स्थानीय वस्तु स्थिती बुझ्ने आफूलाई नयाँ अवसर मिलेको विचार व्यक्त गर्नुृभयो । स्थानीयहरुले गुनासो सुनाउने क्रममा गाउँमा मल, खानेपानी, सिँचाई, बाटो विद्यालय लगायत पूर्वाधारको नहुँदा दैनिक जीवन यापनमा समस्या भोग्नु परेको गुनासो आफूलाई सुनाएको बताउनुभयो । स्थानीयले भक्तपुरको नाला हुँदै बनेपा जाने सडक निर्माणमा ढिलाई हुँदा सो काम छिटो सम्पन्न गर्न प्रधामन्त्रीसाग माग गरेका थिए ।
काठमाडौं उपत्यकाकै नजिक रहेर पनि भक्तपुर पछि परेकोमा आफूलाई गहिरो भोध भएको चर्चा गर्दै प्रक्रिया पुर्‍याएर स्थानीयको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको भन्नुभयो, “जनताको माग सम्बोधन गर्नु सरकारको दायित्व नै हो ढिलो चाँडो स्थानीयको माग पूरा हुन्छ ।” भट्टराईले देशमा मल उत्पादन गर्ने कारखाना नहुँदा सरकारी स्तरबाट सम्झौता गरी प्रक्रिया पूरा गरी मल आयात गर्दा स्थानीयलाई समयमै मल उपलब्ध गराउन नसकेकोमा दुख व्यक्त गर्नुभएको थियो । स्थानीय रामकृष्ण वनमाला, शिव अधिकारी, घनश्याम खड्का हरिसुन्दर लगायतले प्रधानमन्त्रीसाग स्थानीयका स्तरका समस्याहरु अवगत गराउँदै तत्काल समस्या समाधन गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।
नेपाल समाचार पत्र दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग