Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुटेरासमूहद्वारा आमाछोरीको बिभत्स हत्या (भिडियो समाचार सहित)

Published on 8:33:00 PM //


मकवानपुर, असार २९ ।  लुटेराहरुको समूहले मकवानपुरको भैंसेस्थित एक घरमा लुटपाटपछि परिवारका दुई जनाको हत्या गरेको छ । बिहीबार राती भैंसे ३ कालिकाटारका ५० वर्षकी गंगामाया थापा र २५ वर्षकी छोरी लक्ष्मी थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ज्ञानबहादुर नजिकै रहेको घरमा गएको मौका पारेर लुटेराले आमा छोरीको विभत्स तरिकाले हत्या गरेका हुन् । सामान्य पसल सञ्चालन गरेर जीविको पार्जन गरेको थापा परिवारका दुई जनाको हत्या भएपछि स्थानीय त्रसित बनेका छन् ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको र अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भिडियो समाचार हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग