Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हरेवा गाविस खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

Published on 9:10:00 PM //


मनोज बस्नेत, २८ असार
गुल्मीको हरेवा गाविस खुल्ला दिशा मुक्त गाविस घोषणा भएको छ । गाविसका प्रत्येक घरधुरीमा शौचालय निमार्ण तथा खानेपानी पुगेपछी हरेवालाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको हो । यसै आर्थिक बर्षबाट सुरु भएको खुल्ला दिशा मुक्त क्षेत्र घोषणा अभियान अन्तर्गत जिल्ला खानेपानी कार्यालयको प्रति शौचालय १२ सय र गावीस कार्यालयको १३ सय रुपैँयाको अुनदानमा गाविसमा २ सय ३८ ओटा नयाँ शौचालय बनेका छन् । पुराना २ सय १० गरी गाविसका जम्मा ४ सय ४८ घरधुरीमा शौचालय बनेका छन् ।
गरी खाने अवस्थालाई छोडेर ऋण खोजी घरमा शौचालय निमार्ण गर्ने ६ घर धुरीलाई कामको कदर गर्दै पुरस्कृत गरिएको गाविस सचिव राम प्रसाद पन्थीले जानकारी दिनुभयो । गाविसलाई खुल्ला दिशा मुक्त घोषणा गरेकोमा जिल्ला विकास समितिबाट गाविसलाई ७५ हजार पुरस्कार समेत प्राप्त भईसकेको उहाँले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग