Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माछा मार्न हिँडेका दुई वालक खोलामा वेपत्ता

Published on 3:31:00 PM //


प्रेम सुनार
गुल्मी, १६ साउन । प्राय हरेक वर्ष वर्षायाम सुरुभएपछि झोलुङ्गे पुलको अभावमा खोला तर्ने क्रममा एउटा न एउटा मानिस वगेर मृत्यु हुने गुल्मीको निस्ती खोलमा यसपाली पनि दुई जना वगेर वेपत्ता भएका छन् ।

मुसिकोट र हस्तिचौर गाविसको विचमा पर्ने निस्ती खोलाको हाँडीखोला भन्ने स्थानमा हिजो वेलुकी दुई वालक वगेर वेपत्ता भएका हुन् । माछा मार्न भनि घरवाट हिडेका उनीहरु अविरल वर्षाका कारण उर्लिएको निस्ती खोला तर्ने क्रममा हस्तिचौर गाविस ५ का १३ वर्षीय प्रकाश विश्वकर्मा र ११ वर्षीय दिपक विश्वकर्मा वगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले वेपत्ता वालकहरुको स्थानीयवासी र प्रहरीले खोजीकार्य जारी राखेको जनाईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग