सुर्खेत समाज युएईद्धारा आगलागी पीडितलाई झण्डै एक लाख सहयोग
Published on
3:16:00 PM //
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत सुर्खेत वासीहरुको पहलमा विगत केही महिना पहिला मात्र स्थापना गरिएको सुर्खेत समाज युएईले सुर्खेतको गर्पन गाविस वार्ड नं.५ मा बसोबास गर्ने हरिलाल छन्तेल र सन्तबहादुर छन्तेलको गत १५ जुनका दिन घर आगलागीबाट नष्ट भई घर विहिन हुन पुगेका पीडित दुई परिवारका लागि राहत स्वरुप आर्थिक संकलन गरी ने.रु.९० हजार ३५० रुपैयां सहयोग गरेको छ ।
सो रकम गत २७ जुलाई शुक्रबारका दिन सुर्खेत समाज युएईका सहसचिव ढालबहादुर छन्तेलले नेपाल घर बिदामा गएको अवसरमा पीडित परिवारलाई हस्तान्तरण गरेको हो । पीडित हरिलाल छन्तेल र सन्तबहादुर छन्तेल विगत केही बर्षदेखि युएईमा कार्यरत छन भने सुर्खेत समाज युएईका सदस्य पनि हुन । समाज स्थापना भए लगत्तै धेरै कार्यहरु भएको र आगामी दिनहरुमा अझै सशंक्त ढंगले सामाजिक कार्यहरुलाई अगाडि बढाउने कुराको जानकारी सुर्खेत समाज युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले दिए ।यसअघि पनि युएईको उमलक्युनमा कार्यरत भिमबहादुर छन्तेलको असामयिक निधन भएकोले उनको परिवारको आर्थिक स्थिति धेरै नाजुक र कष्टकर अवस्थामा रहेकाले मृतकाका परिवारलाई राहतका लागि सबै सुर्खेत वासीहरुले मिलेर ने.रु.२ लाख ५३ हजार आर्थिक संकलन गरी सहयोग गरेका थिए । यस्ता खाले कार्यले केवल सहयोग मात्र नभएर एक आपसमा भाईचारा र सत्भावको बिकासमा पनि बृद्धि हुने गर्दछ ।
समाजका अध्यक्ष दर्लामी मगरले यस आगलागी पीडित परिवारको आर्थिक संकलनमा सहयोग पु¥याउने व्यक्तिहरु क्रमशः नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा, सुर्खेत समाज युएई परिवार, सुर्खेत समाज युएईको क्षेत्रीय समिति उमलक्युन, नवाङ शेर्पा–अल फलाज ईक्सचेन्ज शारजाह र सोमै भाई समूह कपिलवस्तु युएईलाई बिशेष धन्यबाद समेत दिनु भएको छ ।









