Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वैद्य पक्षसँग एकताको विकल्प नभएको माओवादी संस्थापन गुल्मीको सुझाव

Published on 6:13:00 AM //


पि.एम.मगर
गुल्मी, २६ असार । एकिकृत ने.क.पा. माओवादी २ नं. क्षेत्रिय कमिटि गुल्मीको छलफलबाट पार्टी हालै फुटेर गएको वैद्य पक्षसँग पार्टी एकताको विकल्प नभएको सुझाव नेतृत्व वर्गलाई दिने भएको छ । सो पार्टीका राज्य समिति सदस्य र जिल्ला कमिटी सदस्यविच आज सदरमुकाम तम्घासमा गरिएको छलफलमा यस्तो सुझाव दिने निष्कर्ष निकालिएको छ । पार्टीको मूल कार्यदिशा पूरा गर्नको लागि पार्टी एकताको विकल्प नरहेको भन्दै २ नं. क्षेत्रिय कमिटिले केन्द्रमा हुन गइरहेको राष्ट्रिय भेलामा अनिवार्य पार्टी एकताको लागि दबाव दिन छलफल राखिएको राज्य समिति सदस्य अशोक थापाले बताउनुभयो ।
विद्यमान संकटको परिस्थितिलाई समाधान गर्न पार्टी भित्र रहेको गुट–उपगुटको अन्त्य गर्नुपर्ने स्पष्ट कार्य दिशा बनाएर आगामी ठोस कार्ययोजना साथ अगाडी बढ्नुपर्ने र संगठन तथा स्वयम् व्यक्तिमा समेत शुद्धिकरण अभियान नेतृत्वले अगाडी सार्नुपर्ने सुझाव पठाउने भएका छन । क्रान्तिसँग खुट्टा कमाउने काम पटक्कै नगर्न सुझाव दिदै फुटेर गएको मोहन वैद्य किरण समूहलाई पार्टी एकतामा आवद्ध गर्न अध्यक्ष प्रचण्डलाई दबाब दिन जिल्लाबाट राष्ट्रिय भेलामा प्रतिनिधित्व गर्ने राज्य समिति सदस्यहरुलाई जिल्ला कमिटि सदस्यहरुले दबाब दिएका छन । अरुलाई दोष लगाउनु भन्दा आफै पनि आफू भित्रको कमजोरी सच्याउन सके पार्टी एकता सम्भव रहेको जिल्ला कमिटि सदस्यहरुको भनाई थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी राज्य समिति सदस्य चिन्तामणी ज्ञवाली, अशोक थापा, गिरीराज पाण्डे, पूर्व जनमुक्ति सेना एवम राज्य समिति सदस्य रामबहादुर राना, शेरबहादुर सर्तुङ्गी., जिल्ला सचिवालय सदस्य धर्म विश्वकर्मा, यदु ज्ञवाली, गोकर्ण कार्की लगायतका कार्यकर्ताहरु सहभागी थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग