Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी चार दिनपछी सुचारु

Published on 8:19:00 AM //


यो पनि पढौँ: लगातारको बर्षाले दर्जनौं सडकमा यातायात ठप्प

पि.एम.मगर
गुल्मी, २६ असार । अविरल वर्षाको कारण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध वनेको गुल्मीको रिडी-रुद्रवेणी सडक मंगलबर वेलुकीदेखि संचालनमा आएको छ ।
सडक उपभोक्ता समिति, प्रहरी र स्थानी प्रशासनको सहयोगमा रिडी-रुद्रवेणी सडक खण्डको पहिरो हटाएपछि उक्त सडक वेलुकी पाँच वजेदेखि पूर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभएको छ ।
 रिडीदेखि रुद्राबेणीसम्मको सडक–खण्डमा धेरै ठाउँमा पहिरो खसेका कारण सोमवार विहानदेखि डोजरको प्रयोग गरेपछि मात्र चार दिनदेखि अवरुद्ध सडक संचालनमा आएको हो । गुल्मी जिल्लामा सवैभन्दा वढी सवारी साधनहरु संचालन हुने उक्त सडक लामो समयसम्म अवरुद्ध हुँदा त्यस क्षेत्रका हजारौं मानिसहरु अलपत्र पर्नुका साथै खाद्यान्न आयतमा समेत समस्या परेको थियो । सडक सुचारु भएपछि वामी टक्सार हुँदै वुर्तिवाङ्गसम्म आवत जावत गर्ने सम्पूर्ण सवारी साधनहरु गन्तव्यमा जान थालेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग