Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तरुनी लिएर हिडेपछि प्रचण्डपुत्र प्रकाश निलम्बित, थप अनुसन्धान हुने

Published on 7:04:00 PM //


अन्लाईन खबर
२५ असार, काठमाडौं । युवती लिएर हिडेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल निलम्बनमा परेका छन् ।

माओवादी पोलिटव्युरोको सोमबार बसेको बैठकले राज्य समिति सदस्य प्रकाशलाई निलम्बन गर्ने निर्णय गरेको हो । ‘हेडक्वाटरलाई जानकारी नै नदिई वेपत्ता भएका छन् । विभिन्न ठाउँबाट विना नाम गरेकी युवती लिएर भागेको कुराहरु पनि आइरहेको छ’ पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको देखिएकाले प्रकाशलाई निलम्बन गरिएको छ ।’ विनासँग अर्को विवाह गरे नगरेको पुष्टी भइनसकेको भन्दै माओवादीले यसबारे थप अनुसन्धान गर्ने समेत बताएको छ । राज्य समिति सदस्य प्रचण्ड पुत्र प्रकाश पार्टी हेडक्वाटरमा काम गर्दै आउनु भएको थियो ।

५ दिनअघि लाजिम्पाटस्थित घरबाट मोटरसाइकल लिएर निस्केका प्रकाश पार्टी तथा परिवारको समेत सम्पर्कमा हुनुहुन्न । पिता प्रचण्ड र माता सीता तथा दाई समिर दाहाललाई समेत जानकारी नै नदिई घरवाट निस्केका प्रकाश अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं सरस्वीत क्याम्पसकी स्वबियु सभापति विनामगरलाई लिएर दिल्ली गरेको बताइएको छ । सगरमाथा आरोहण गर्दा प्रकाश र टोलीमा सदस्य विनासंग प्रेम सम्वन्ध रहेको चर्चा चलेको थियो ।

माओवादी कार्यकर्ता शंकर अधिकारीसंग विवाह गरेकी विना पनि केहीदिनदेखि संगठन र परिवारको सम्पर्क छैनन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पछिल्लो पटक विना २० गतेसम्पर्कमा आएको र त्यसपछि कुनै सम्पर्क नभएको अनलाइनखबरलाई जानकारी दिनुभयो । प्रकाशसँग विवाह गरेको हल्ला आफूले पनि सुनेको भन्दै उहाँले विवाह प्रमाणित भएको गम्भीर सांस्कृतिक विचलन हुने र संगठनले विनालाई कारवाही गर्ने बताउनु भयो ।

क्रान्तिकारीका एक नेताका अनुसार हिमाल आरोहणका क्रममा प्रकाशसँग प्रेममा परेको समाचार आएपछि संगठनका केही नेताहरुले सोध्दा विनाले ‘त्यस्तो केही हैन’ भन्दै टार्ने गर्नु भएको थियो । माओवादी फुटेपछि विना संस्थापन पक्षमा तथा श्रीमान् शंकर अधिकारी बैद्य समूहले गठन गरेको नेकपा-माओवादीमा आवद्ध हुनुहुन्छ ।

 प्रकाशले माओवादीकै सचिव पोष्टवहादुर बोगटीकी छोरी प्रभासंग जनवादी विवाह गर्नु भएको थियो । पछि आपसी समझदारीमा नै सम्वन्ध विच्छेद गरेका प्रकाशले ४ वर्षअघि पोखराका श्रृजना त्रिपाठीसँग मागी विवाह गर्नु भएको थियो । श्रृजनाबाट एक छोरा छन् । सृजना हाल लाजिम्पाटमा बस्दै आउनु भएको छ ।
अन्लाईन खबर डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग