Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यातायात भलाई कोषको शाखा विस्तार

Published on 2:08:00 PM //


अनिल खत्री
यातायात, मजदुर तथा व्यवसायी भलाई कोषको गुल्मी सदरमुकाम तमघासमा शाखा विस्तार गरिएको छ । २०३१ साल वैशाक ३ गते यातायात मजदुर तथा व्यवासयीहरुको हक हितका लागि केन्द्रीय कार्यालयका रुपमा वुटवलमा गठन भएको उक्त भलाई कोषको शाखाका रुपमा आज गुल्मीमा पनि विस्तार गरिएको हो ।
शाखाको उद्घाटन समारोहमा वोल्दै प्रमुख अतिथि भलाई कोषका निवर्तमान केन्द्रीय अध्यक्ष चिनवहादुुर गुरुङ्गले यातायात मजदुर एवं व्यवसायीहरुले पछिल्लो सवारी दुर्घटना ऐन लागु भएपछि चालक स्वयंलाई पनि चुनौतिपुर्ण भएको र गम्भिर रुपले आफ्नो व्यवसायमा लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै वर्तमान अध्यक्ष नारायणप्रसाद भट्टराईले पनि सवारी ऐन २०४९ नियम ५४ र अहिले ६२ को संशोधन ऐनले निक्कै कडाई गरेको छ यसर्थ पनि यातायात मजदुर एवं व्यवसायी गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
सडक दुर्घटनाको कसुरमा थुनामा पर्ने चालक तथा सहचालकका आश्रित परिवारलाई कोषले घरायशी खर्चका रुपमा मासिक ३५ सयका दरले भत्ता उपलव्ध गराएको उहाँले वताउनुभयो । कार्यक्रममा गुल्मी शाखाको नेतृत्व पंक्तिवाट वोल्दै कोषका केन्द्रीय सदस्य रामवहादुर के.सी.ले यातायात मजदुर र व्यावसायीविच राम्रो संवन्ध भए मात्र व्यवसायीले आफ्नो लगानी उठाउन सक्ने र मजदुरहरुको रोजगार ग्यारेण्टी हुने वताउनुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य पदम विष्टले गुल्मीमै शाखा विस्तार भएपछि यातायात मजदुर तथा व्यवसायीहरुको हक हितका विषयमा मुद्धा उठाउन सजिलो भएको वताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सहइन्चार्ज निमवहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, नेकपा माओवादीका अध्यक्ष विरवहादुर कार्की, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अञ्चल कमिटी सचिव कृष्ण कण्डेल, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णु कुमारी सापकोटा, प्रहरी निरीक्षक हेमवहादुर के.सी.,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यातायात मजदुर तथा व्यवसायीको सुरक्षा र सम्मान, भलाई कोषको संस्थागत विकासका लागि हाम्रो अभियान भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा कोषका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता, केन्द्रीय सदस्य रामवहादुर के.सी.को स्वागत मन्तव्य र सञ्चालन महासचिव दिनेश फुल्लेलले गर्नुभएको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग