Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा बस दुर्घटना, कम्तिमा ३५ को मृत्यु (भिडियो समाचार सहित)

Published on 2:56:00 PM //

नवलपरासीको झुलनीपुरदेखि त्रिवेणीको तीर्थयात्रामा हिँडेको बस रानीनगरस्थित गण्डक नहरमा खसेको छ। दुर्घटनामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्र सिंह भण्डारीलाई उद्धृत गर्दै नागरिकन्युज डट कमले आफ्नो अन्लाईन सँस्करणमा प्रकाशित गरेको छ । मृत्यु हुनेमा अधिकांश भारतीय रहेको र ४ जनाको जिवितै उद्दार गरिएको समाचारमा जनाईएको छ । बाँकी हराइरहेकाको खोजीकार्य तीब्र पारिएको छ।
घट्नास्थलमा रहेका एक प्रहरीका अनुसार मर्नेमा १० जना महिला, २४ जना पुरुष र एक नाबालक छन्। उनका अनुसार मृतकको संख्या अझै बढ्नसक्छ। लु१ख २३५६ नम्बरको उक्त बसमा कम्तिमा १ सय ६० जना जना यात्रु सवार रहेको र ओभरलोड भएकै कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।
भिडियो समाचार हेर्न तल क्लिक गर्नुहोला ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग