Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय भवन पहिराले जोखिममा

Published on 3:19:00 AM //


प्रेम सुनार
साउन ७ , गुल्मी
पेगा निम्नमाध्यमिक विद्यालय वडागाउँ ५ , गुल्मीको एउटा भवन पहिरोले पुरेर उच्च जोखिममा पु¥याएको छ भने अर्को भवन तलबाट पहिरोले तानेर थप जोखिममा पुगेको छ ।
शान्ति मन्त्रालयबाट परेको ७ लाख लागतमा निर्मित ३ कोठे भवन र झण्डै ७ लाख मुल्य बरावरको अर्को ४ कोठे भवन पहिरोले तान्ने र पुर्ने गरेपछि उच्च जोखिममा परेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष ओमबहादुर रायमाझीले जानकारी दिनु भयो ।
गत २ वर्ष अघि देखि विद्यालय खेल मैदान एवम घडेरीका लागि डोजरले खनिएको र बग्ने माटो भएको हुनाले अविरल बर्षाबाट भवन जोखिम भई विद्यार्थी कक्षाकोठामा राख्न खतरा भएको अध्यक्ष रायमाझीले बताउनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग