Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बृक्षारोपण अभियान तिब्र

Published on 3:23:00 AM //


प्रेम सुनार
साउन ७ , गुल्मी
मदाने संरक्षित बन कार्यालय गुल्मीले त्यस क्षेत्रका बिभिन्न सामुदायिक बनमा बृक्षारोपण अभियानका रुपमा तिब्र पारेको छ । पछिल्लो चरण सो कार्यालयले सफेदी प्रजातीको ५ सय बिरुवा र ५ सय थान सल्लाको बिरुवा नि:शुल्क प्रदान गरि राक्से सामुदायिक बनको खाली चौरमा उपभोक्ताहरुले बृक्षारोपण गरेका छन ।
त्यस्तै सोरक सामुदायिक बन बाझकटेरीमा पनि काया{लयबाट ५ सय थान सल्लाका बिरुवा निः शुल्क प्रदान गरि उपभोक्ताहरुले बृक्षारोपण सम्पन्न गरेको पुर्कोट दह जेन्जर पोष्टका फरेष्टर कृष्णबहादुर खनालले जानकारी दिनुभयो । त्यस्तै राक्से सामुदायिक बन र मदाने संरक्षित बनको संयुक्त रु १ लाख लगानीमा सिर्सेनी वडा नं. ४,५,६,७ र ८ का २० घरधुरी उपभोक्ताहरुलाई १–१ वटा बाख्रा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद अर्यालले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग