Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक संस्थामा मानवअधिकार कक्षा सम्पन्न

Published on 11:21:00 PM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, गुल्मीको आयोजनामा ०६९ असार २४ गते रेसुङ्गा बहुमुखी क्याम्पसमा मानवअधिकार सचेतना कक्षा सम्पन्न भयो ।

शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको वीचमा मानवअधिकारसम्बन्धी सचेतना वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मानवअधिकार, संयुक्त राष्ट्रसंघीय संयन्त्रहरू, मानवअधिकारको विकासक्रम र राष्ट्रिय युवा नीतिको बारेमा प्रशिक्षण सञ्चालन भयो ।

इन्सेकका जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, मानवअधिकार सचेतन संस्थाका हरिप्रसाद पोखरेल र इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले सहजीकरण गरेको कार्यक्रमका सहभागीहरूले मानवअधिकारको विषय सुनिराखेको भए पनि जानकारी नभएको भन्दै यो कार्यक्रमले मानवअधिकारबारे सचेतना ल्याउन फलदायी भएको धारणा राखे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग