Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय सेनाध्यक्ष सिंह नेपालमा

Published on 2:01:00 PM //


२६ असार, काठमाण्डौं । भारतीय स्थल सेनाध्यक्ष बिक्रम सिंह ५ दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौ आउनु भएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा सिंह नेपाल आउनु भएको हो । सिंह मध्यान्ह १२ बजे नेपाल आइ पुग्नु भएको हो ।

नेपाल आए लगत्तै उहाँले सैनिक मञ्चमा अवस्थित बीर स्मारकमा माल्र्यापर्ण गर्नु भएको छ । सिंहलाइ आजै जंगी अड्डामा सम्मानगारत प्रदान गर्ने र साँझ उहाँले प्रधानसेनापति गुरुङसँग भेट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बुधबार प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेट गर्ने सिंहले राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नु हुनेछ । सोही दिन भारतीय सेनाध्यक्ष सिंहले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु हुनेछ भने राती गुरुङ्गले जंगी अड्डा परिसरमा दिने रात्रीभोजमा सहभागी हुनु हुनेछ ।

सिंहले २८ गते बिहान मुस्ताङ्गको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नु हुनेछ भने पोखरास्थित भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ ।

२९ गते लुम्बिनीको भ्रमण गर्ने सिंहले सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिबपुरीको भ्रमण गरी सि.सं. १९ कमाण्ड तथा स्टाफ कोर्सका प्रशिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्ने समेत कार्यक्रम रहेको छ । भारतीय स्थल सेनाध्यक्ष सिंह असार ३० गते अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग