Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अप्राकृतिक मैथुनको अभियोगमा दस वर्षको सजाय

Published on 1:07:00 PM //


भद्रपुर, असार २५ - दुई नाबालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला अदालत झापाले एक व्यक्तिलाई कारागार चलान गरेको छ ।

दुवागढी गाविस–८ बस्ने ४० वर्षीय नीलहरि पौडेललाई आइतबार सो अभियोगमा कसुरदार ठहर गरी अदालतले १० वर्ष एक महिनाको कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पसल सञ्चालक पौडेलले सामान किन्न आएका दुई बालकलाई अभिभावक नभएको मौका छोपी डर र प्रलोभनमा पारी नजिकको चिया बगानमा लगेर गत जेठ २७ गते दुव्र्यवहार गरेको भनी पीडित पक्षले जाहेरी दिएको थियो । अप्राकृतिक मैथुनका कारण ती दुई बालक बिरामी परेपछि तिनलाई अस्पतालमा भर्ना पनि गरिएको थियो ।
-रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग