Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुखमा झुण्डिएर आत्महत्या

Published on 11:11:00 PM //


तेजेन्द्र थापा
साउन ८, गुल्मी ।  
गए राति गुल्मीको शान्तिपुरमा एक ब्याक्तिले झुन्डिएर आत्महत्या गरेका  छन । रुपन्देहीको मुर्गिया स्थाई घर भई हाल शान्तिपुर स्थित एक फर्निचर उधोगमा काम गर्ने अन्दाजी २७-२८ बर्षको प्रेम चौधरी नामक युवकले आईतवार राति करिब १० बजेको समयमा रुखमा झुन्डिएर आत्महत्या गरेका हुन । चौधरी आफ्नी श्रीमती र साढे २ बर्षिया छोरीसँग शान्तिपुर बसपार्क नजिकको एउटा घरमा डेरा लिएर बस्दै आएका थिए । आत्महत्याको कारण श्रीमान-श्रीमती बिचको झगडा हुन सक्ने अनुमान ईलाका प्रहरी कार्यालय शान्तिपुरले गरेको छ । उनको शब सोमबार बिहानै पोस्टमार्टमको लागि सदरमुकाम तम्घास लागिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग