Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ वर्षदेखि नांगै डुल्दै

Published on 4:08:00 AM //


बेलायती प्रहरीले एकजना यस्ता व्यक्तिलाई पक्राउ गरेको छ जो पछिल्लो ६ वर्षदेखि नांगै डुलिरहेका छन् । नांगो डुलन्ते नामले चिनिने स्टिफिन गौफ नामका ती व्यक्तिलाई शान्ति भंग गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । स्टीफनले आफ्नो हरकतका कारण बेलायती अधिकारीहरुलाई दिक्क पारेका थिए ।

नौसेनाका पूर्व कर्मचारी समेत रहेका उनी काँधमा ठूलो झोला बोकेर बेलायतको सडकमा नांगै डुलिरहन्थे । उनले केबल बुटजुत्तामात्र लगाउँथे । यसअघि उनको यस्तै हरकतका कारण सन् २००६ मा उनलाई स्कटल्याण्डमा पक्राउ गरेर जेलमा समेत हालिएको थियो । केही समय जेलमा बसेर निस्किएका उनी बाहिर निस्किएको केही दिनमा नांगै डुल्न थाले । त्यसपछि उनलाई पटकपटक गिरफ्तार गर्दै लुगा लगाइदिएर छाड्ने गरिएको थियो ।

केही महिनापहिला उनको बानीव्यहोरामा सुधार आएको भन्दै अधिकारीहरुले उनलाई जेलबाट छाडेका थिए, तर उनी फेरी नांगै भएर सडकमा डुल्न थालेपछि र जनगुनासो समेत आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । स्टीफनका वकिलले भने स्कटल्याण्डको काराबासमा लामो समयसम्म एकान्तबास गर्दा नग्नताको विषयमा उनको सोँच निकै भिन्न बनेको र सोही कारण उनी नांगिएको बताउँछन् ।

स्टीफन आफैले पनि पर्थ जेलबाट छुट्नै बित्तिकै आफुले आफ्नो आदत परिवर्तन नगर्ने बताएका छन् । उनले आफ्नो सोँच र सिद्धान्तसँग सम्झौता गर्नु निकै कठीन हुने स्पष्ट पारे । कपडा विनाको जिवन जिउनु आफ्नो जिवनको मन्त्र रहेको भन्दै उनले आफुले यो काममा कहिल्यैपनि हार नमान्ने बताए । शान्ति भंग गर्न खोजेको मुद्धा खेपिरहेका उनी सोमबार अदालतमा हुने सुनुवाइका क्रममा पनि नांगै अदालत समक्ष पेश हुनेछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग