Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबिरल बर्षासँगै विद्यालय भवन भत्कीयो

Published on 9:00:00 PM //


अनिल खत्री
खस्थोक माध्यमिक विद्यालय , मुसिकोट –३ अमराई, गुल्मीको भवन अबिरल वर्षाका कारण भत्कीएको छ । २०५५ सालमा निर्मित २ कोठे भवन भत्कीएको छ भने त्यससँगै रहेको अर्को भवन समेत उच्च जोखिममा परेको छ ।
कक्षा ७ का विद्यार्थीहरु राखिँदै आएको उक्त भवन भत्कीँदा हुलाक कार्यालयको एक सांघुरो र अँध्यारो कोठामा विद्यार्थी राख्नु परेको प्रधानाध्यापक तुल बहादुर कार्कीले गुल्मीन्युज डट कमलाई बताए । खेल मैदान समेत बगेको हुँदा जाली र पक्की पर्खाल निर्माण नगरे थप क्षती हुने भएकोले आवश्यक सहयोगका लागी माथिल्लो निकायमा पहल गरिदिन जिल्ला शिक्षा समितिको सचिवालयमा प्रधानाध्यापक कार्कीले निवेदन पेश गरेको बताएका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग