Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वि.पि. स्मृतीको उपलक्ष्यमा भोली शनिबार बृक्षारोपण गरिने

Published on 9:10:00 PM //


अनिल खत्री
श्रावण ५ , गुल्मी
३० औं वि.पि. स्मृती दिवसको अवसरमा वि.पि उद्ययान ब्यावस्थापन समिति अर्जे–गुल्मीले वि.पि उद्यान स्थल, अमलाचौरमा श्रावण ६ गते बिहान ९ बजे देखि बृक्षारोपण कार्यक्रम गर्ने भएको छ । बृक्षारोपण कार्यक्रम पश्चात २००७ साल पछिका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेर नेपालको प्रजातान्त्रीक आन्दोलनमा योगदान पुर्याएका स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालाको बिचार र बर्तमान सन्दर्भमा प्रजातान्त्रीक समाजवादको सान्दर्भिकता विषयक अन्तरकृया कार्यक्रमको गरिने भएको आयोजकले जनाएको छ ।
नेपाली कांग्रसका पूर्व क्षेत्रीय सभापति रामचन्द्र रिजाल प्रमुख अतिथि रहने उक्त कार्यक्रममा क्षेत्रीय समितिका सभापती दामोदर भुसाल, सोही पार्टिका जिल्ला सदस्यहरु , लगायत सम्पूर्ण क्षेत्रीय समितिका पदाधिकारीहरु एवम् महाधिवेशन प्रतिनिधिहरु साथै अर्जे गाउं समिति एवम् छिमेकी गाउँ समितिका सभापती र पाटीका सकृय सदस्यहरु ल्गायत आम जनसमुदायको सहभागीताको लागी उद्यान ब्यावस्थापन समिती– अर्जेका अध्यक्ष बालकृष्ण गौतमले बताउनु भएको छ ।
साथै सोही दिन क्षेत्रीय समितिको नियमित बैठक अमलाचौरमै आयोजना गरिएको क्षेत्रीय सचिव रेखा कुमार जि.सीले बताए । वि.पि स्मृतीको दिनको अवसरमा नेपाली कांग्रेसका सबै गाउँ समितिहरुलाई कुनै न कुनै उल्लेखनिय कार्य गरि उत्सवको रुपमा मनाउन समेत सचिव जि.सीले आह्वान गरेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग