सेतीमा बाढी, २५ घर बिस्थापित
Published on
9:20:00 PM //
असार २८ – सेती नदीमा आएको बाढीका कारण २५ घर बिस्थापित भएको छ । बाढीमा फसेका २९ जनालाई मध्यरातमा स्थानीयबासी र प्रहरीले सकुशल उद्धार गरेको छ । मध्य पोखरामा रहेको रामघाटमा २१ र गाईघाटमा ४ घर बिस्थापित भएको हो । नदी थुनिएर रामघाटमा कृत्रिम ताल बनेपछि २१ घर डुबेका हो ।

सेती नदीमा गत बैशाख २३ गते आएको भिषण बाढीमा ३२ को मृत्यु भएको र ३२ अझै बेपत्ता छन । त्यसयता पटकपटक आएको बाढीले एकदर्जन परिवार विस्थापित भैसकेका थिए ।