द्वन्द्वकालमा अपहरण भनिएका व्याक्तिहरु विदेशमा
Published on
9:01:00 PM //
पि.एम.मगर
गुल्मी, असार २०, द्वन्द्वकालमा अपहरणमा परेका भनिएका गुल्मीका केही व्याक्तिहरु विदेशमा रहेको खुलासा भएको छ। शान्ति समिति र जिल्ला प्रशासन कार्यालय गुल्मीले सिफारिस गरी शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पठाएका १७ जना मध्ये १० जना विदेशमा रहेको खुलासा भएको हो।

यसरी विदेशमा रहेका कारण रकम बुझ्न नआउनेहरुमा दौघा गाविसका जेलबहादुर सोमरे मगर, सोही गाविसका मोहन ज्ञवाली, महेश ज्ञवाली, वाग्ला गाविसका मधु घिमिरे, ज्ञानराज गिरी, डोरनाथ खनाल, वाग्लाकै महेशवहादुर थापा, थमे सार्की, जिवलाल घिमिरे, अर्खलेका कृष्णवहादुर पाण्डे र अमरपुरका बालु गिरी रहेका छन्। शान्ति समिति तथा जिल्ला प्रशासन कार्यालयले कुल १७ जना मध्ये ४ जना तत्कालिन बिद्रोही पक्षबाट र १३ जना राज्य पक्षबाट अपहरणमा परेको उल्लेख गर्दै राहातका लागि मन्त्रालयमा सिफारिस गरेको थियो। राहात लिनका लागि संबन्धित व्याक्ति नै आउनुपर्ने भएकोले यसवर्ष उनीहरुका लागि आएको २ लाख ५० हजार राहात रकम फ्रिज जाने देखिएको छ।