Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पारिवारिक तनावमा ज्ञानेन्द्र ! तनाव कम गर्न मदिरा र भ्रमण

Published on 9:03:00 PM //


२१ असार, काठमाडौं । मंगलबार राति भैरहवामा पत्रकारसित खुलेर कुरा गर्दा पूर्व राजा ज्ञानेन्द्रको हातमा वाइनको ग्लास थियो । सामान्यतया पत्रकारसित सार्वजनिक हुँदा ‘भीआइपी’हरु यसरी मदिरामा प्रस्तुत हुँदैनन् । पत्रकारसितको साक्षात्कार सबैले देख्ने र थाहा पाउने हुँदा धेरैले आफूलाई भलाद्मी देखाउन खोज्छन् । तर ज्ञानेन्द्रलाई यसको कुनै मतलव नभएको जस्तो देखिन्थ्यो । उनी पहिलोपटक मदिराले लट्ठ भएर सबैको सामु प्रस्तुत भएका थिए । कुनै तनावमा परेको मान्छेले मदिराको सहारा लिएजस्तै देखिन्थ्यो उनको हाऊभाऊ । पत्रकारसित कुराकानी गर्दा उनी पुरै मदिराले लट्ठ भएको हालतमा थिए । तैपनि उनले संयमित भएर निकै कुटनीतिक ढंगले पत्रकारका प्रश्नसको जवाफ दिँदै थिए ।
भैरहवाको त्यो क्षणमा मात्र होइन, हिजोआज धेरै समय पूर्वराजा ज्ञानेन्द्र मदिरामा लट्ठ हुने गरेको उहाँ निकट व्यक्तिहरु बताउँछन् । राजगद्दि छोड्दा समेत त्यति चिन्ता र तनाव नभएको जस्तो देखिएका ज्ञानेन्द्रलाई हिजोआज पारिवारिक तनाव बढेको छ । उनकी धर्मपत्नी एवं पूर्वरानी कोमल शाह राम्रोसित कान सुन्दिनन् । २०५८ सालको दरबार हत्याकाण्डको बेला उनको कानमा गोलीको छर्रा लागेको थियो । त्यहीबेलादेखि उनको श्रवण शक्ति कमजोर भएको हो । बिदेशमा गएर उपचार गर्दा समेत कोमलको स्वास्थ्यमा सुधार हुन सकेको छैन । रानी भएको बेला समेत कोमल सुस्त मनस्थितिको मानिस जस्तो देखिन्थिन् । अहिले त झन् उनको अवस्था त्योबेलाको भन्दा पनि खराब छ ।
श्रीमतीको यो हालतले ज्ञानेद्रलाई एउटा चिन्ता त छँदैथियो । अहिले छोराछोरीको अर्को चिन्ताले सँगै पिरोलेको छ उनलाई । बाबुप्रति पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका पारस बैंककमा बस्न थालेको लामो समय भयो । उनले बाबुआमा मात्र होइन पत्नी हिमानीको पनि वास्ता गर्न छाडेका छन् । त्यहीं एउटी बिदेशी केटीको माया जालमा फसेका पारस अहिले घरपरिवारको सम्पर्कबाट टाढा छन् । पारसको यो पाराले हिमानीलाई चिन्ता छ नै । ज्ञानेन्द्र पनि तनावमा छन् ।
यहीबेला छोरी पे्ररणाको घरगृहिस्थी बिगि्रएको छ । स्रोतका अनुसार ज्वाईं राजबहादुर सिंह र छोरी प्रेरणाको केही दिनअघि मात्र सम्बन्ध बिच्छेद भएको छ । प्रेरणा अहिले माइतीमा छिन् ।
यसरी पत्नी, छोरा, छोरी, बुहारी सबैतिरको चिन्ताले ज्ञानेन्द्रलाई समय बिताउनै गाह्रो हुन थालेको छ । चिन्ता कम गर्न हरबखत उनी मदिराको सहारा लिन्छन् । कतै घुम्न गएर तनाव दूर गर्ने प्रयास गर्छन् । यही तनाव कम गर्नको लागि हालै उनी पश्चिमका केही क्षेत्र पुगे । यसलाई कसैले धार्मिक र कसैले राजनीतिक भ्रमण भनेर व्याख्या गरेपनि तनाव कम गर्नकै लागि ज्ञानेन्द्र यसरी हिंडेको निर्मल निवास स्रोत बताउँछ ।
उचाल्नेहरु सकृय
संविधानसभा बिघटनसँगै उत्पन्न राजनीतिक परिस्थितिले राजतन्त्र समर्थकहरुको संख्या बढेको भन्दै राजावादीहरुले ज्ञानेन्द्रलाई भूमिका खेल्न उकास्न थालेका छन् । जेठको अन्तिम हप्ता खुलामञ्चमा भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले त खुलेरै राजालाई आउन आहृवान गरे । त्यतिबेला खुलामञ्चबाट कमल थापाले अब राजनीतिमा तेस्रो शक्ति आयो भनेर अभिव्यक्ति दिएजस्तै अहिले ज्ञानेन्द्रले पनि भैरहवाबाट अर्को शक्तिको जन्म हुने र त्यो भनेको राजतन्त्र हो भनेर संकेत गरेका छन् ।
स्रोतका अनुसार संविधानसभा बिघटन भएपछि हरेक दिनजसो बेलुकी ज्ञानेन्द्रको निवासमा राजावादीहरुको भीड लाग्ने गरेको छ । उनीहरुले अब जनताको समर्थन पनि बढ्दै गएकाले सकृय हुन आग्रह गरेका छन् । तर ज्ञानेन्द्रले अहिले नै यही गर्छु भनेका छैनन् । भैरहवामा पत्रकारसितको कुराकानीमा पनि उनले आफू अघि नसर्ने तर जनताले चाहिं आफ्नै भूमिका खोजेको भनेर घुमाउरो पाराले भनेका छन् । स्रोतका अनुसार ज्ञानेन्द्र अहिले तनावमै भएपनि पर्ख र हेरको अवस्थामा छन् । राजनीतिक दलहरुबीचको खाडल यसैगरी बढ्दै जाने हो भने ज्ञानेन्द्रलाई उक्साउनेहरुको हौसला बढ्ने चाहिं पक्का छ ।
अन्लाईनखबर डट कमबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग