Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोदालोले हानेर आफ्नै भाउजुको हत्या

Published on 1:26:00 AM //


झापा पाचँगाछी ८ का एक युवकले कोदालो प्रहार गरी आफनै भाउजुको हत्या गरेका छन् । जग्गा विवादमा ३० वर्षका राजकुमार श्रेष्ठले प्रहार गरेको कोदालोले लागि गम्भीर घाइते ३२ वर्षका भाउजु हेमकुमारी श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा विराटनागरमा मृत्यु भएको जिल्ला प्रहारी कार्यालय झापाले जनाएको छ ।

जग्गा विषयमा विवाद हुँदा राजकुमारले बिहीवार भाउजु हेमकुमारीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको छ । त्यस्तै शुक्रबार बिहान झापाको शिवगञ्ज २ स्थित कनकाई नहरमा एक व्यक्तिको शव फेला परेको छ अन्दाजी ४०–४५ वर्षका पुरुषको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच कुटपिटबाट गम्भीर घाइते भएका काभ्रे, चापाखेरी गाविस–६ बस्ने ४६ बर्षीय ईन्द्रबहादुर नेपालीको असार १४ गते मृत्यु भएको छ ।
उनलाई असार १२ गते सोही ठाउँ बस्ने शिव ठकुरी र रुकेश शाहले गाली गलौज गरेको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि स्थानीय अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग