Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई माओवादीबीच झडप, दर्जन बढी घाइते

Published on 1:36:00 AM //


हेटौंडा, असार १६ । चितवनस्थित प्रचण्ड र वैद्य माओवादी कार्यकर्ताबीच झडप हुँदा दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन् । आफ्नो पक्षको बोर्ड पार्टी कार्यालय कृष्णपुरमा राख्ने विषयमा दुई माओवादीबीच झडप भएको हो । वैद्य पक्षले राखेको बोर्ड हटाएर प्रचण्ड पक्ष कार्यकर्ताले बोर्ड लगाउन खोज्दा झडप सुरु भएको हो ।

झडपमा परी घाइते हुनेहरुमा प्रचण्ड पक्षका रामध्वज डल्लाकोटी र बैद्य पक्षका प्रवेश तिमल्सिना, लाल सिंह थिग लगाएत केहि गम्भीर घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग