बस्दै आएको घर विद्यालयलाई दान
Published on
1:38:00 AM //
बद्धवीर बाहिङ
सोलखुम्बु, असार १६ । आफ्नो श्रम र पसीनाले निर्माण गरेको घर विशुद्ध समाजकै लागि भनी त्याग गरेर अन्यत्र सर्न को तयार होलान् ? तर कलियुगमा पनि यस्ता उपकारी गुणी व्यक्तिहरु भेटिदारहेछन् जसले आफ्नै श्रम र पसीनाले दुख गरी निर्माण गरेको घर समेत दान गरी आफू भने समाजले निर्माण गरेको झुप्रोमा आनन्दको सास फेर्न सहमत हुँदारहेछन् । सोलुखुम्बु गुदेल लुच्चामका जितुधन कुलुङका दम्पतीले सर्वस्व विद्यालयलाई सुम्पेर आफूहरु भने समाजले आफ्नो भाइको जग्गामा निर्माण गरिदिएको सानो झुप्रोमा दिनरात कटाउन सहमत भएका हुन् । उनका दम्पतीले ३५ वर्षदेखि बस्दै आएको दुई तले घर र जग्गा सहित श्री बासुकी प्राथमिक विद्यालयलाई दान गरेका हुन् ।
गुदेलको लुच्चा गाउँको बीचैमा रहेको बासुकी प्राविमा बालबालिकाहरुको संख्या बढ्दै गएपछि विद्यालय भवन निर्माण गर्न जग्गा आवश्यक भएपनि आसपास जग्गा दिने मानिस कोही नभेटिएपछि अन्तत कुलुङ दम्पतिले उक्त घर जग्गा बिद्यालयलाई दान गरेका हुन ।








