Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासन कार्यालयद्वारा तम्घास बजार अनुगमन

Published on 11:42:00 PM //


अनिल खत्री
गुल्मी, ११साउन
जिल्ला प्रशासन कार्यaलय गुल्मीले गर्ने नियमित बजार अनुगमन न्तर्गत आज पनि गुल्मीको सदरमुकामा तम्घास बजार अनुगमन गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको छड्के अनुगमनमा पत्रकार, प्रहरि सहितको टोलीले आज सदरुमुकाम तम्घासको उदिनढुङ्गाबाट नयाँ बजार सम्मका होटल औषधी पसल, खाध्यन्न पसल, फेन्सीलगायतका बिभिन्न पसलहरुमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा कतिपय नयाँ खुलेका पसलहरुलाई तुरुन्त दर्ता गर्नको लागि आग्रह गरिएको, म्याद गुज्रेका खाध्यन्न बस्तु बरामद गरिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । यो समय बर्षायाम भएकोले बढिमात्रमा खाध्यन्न बस्तु सडेका तथा म्याद गएका हुन सक्ने हुनाले पनि अनुगमनलाई तिब्रता दिईएको अर्यालको भनाइ छ । अनुगमनका क्रममा केहि पसलहरु सुधार भएका र आज अनुगमनको क्रममा बरामद गरिएका बस्तुहरु भोलि पत्रकार सम्मेलन गरि जानकारी गराउने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग