Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा सेवा प्रभावित

Published on 11:35:00 PM //


घनश्याम गौतम
गुल्मी, ७ साउन– अर्घाखाँचीको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि स्वास्थ्यकर्मी नहु“दा वर्षातको समयमा उपचार सेवा प्रभावित भएको छ । स्वास्थ्य केन्द्रमा चार महिना देखि डाक्टर छैनन् । दैनिक ८० देखि १ सय २० जना बिरामी आउने स्वास्थ्य केन्द्रका डाक्टर सूर्यप्रसाद रिमालको करार अवधि चैत महिनामा सकिएपछि विभागले अहिलेसम्म डाक्टर पठाएको छैन् । डाक्टर अभावले दुर्गमका सर्वसाधरण बढी मर्कामा परेका छन् । केन्द्रको २४ घण्टे प्रसुती सेवा समेत प्रभावित भएको छ ।
१२ जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको केन्द्रमा अहिले स्थायी र करार गरी ८ जना कार्यरत छन् । अर्घाखा“चीको दुर्गम क्ष्ँेत्रका सिद्धारा, जलुके, सिमलपानी, धनचौर, जुकेना, सुवणर््ँखाल, ठाडा, सितापुर लगायत एक दर्जन बढी गाविसका सर्वसाधरणलाई सेवा दिने स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्थाका लागि केन्द्र संचालक समिति, जिल्ला अस्पताल र विभागले वेवास्ता गरेको स्थानीय पत्रकार विष्णुकुमार आलेले बताए । डाक्टर अभावले बर्षातको समयका सामान्य रोग र झाडापखालाका विरामी समेत उपचारका लागि कपिलबस्तु, बुटवल, भैरहवा पुग्न बाध्य भएका छन् ।
जिल्ला अस्पतालका डाक्टर यमबहादुर बस्नेतले भने आफु जेठ २३ गते सरुवा भएर जिल्लामा आएको र जेठ ३२ गते नै विभागमा ठाडा स्वास्थ्य केन्द्रका लागि डाक्टरको व्यवस्था गरिदिन आग्रह गर्दै पत्र पठाएपनि अहिलेसम्म डाक्टर नआएको बताए । ‘मैले आउनासाथ डाक्टर व्यवस्था गर्न सम्बन्धित सबै क्षेत्रमा पत्राचार गरेको छु’, डाक्टर बस्नेतले टेलिफोनमा भने, ‘क्षेत्रीय निर्देशनालय देखि सबै क्षेत्रमा ताकेता गरेकै छु ।’ आफु आउनु भन्दा अगाडी समेत अस्पतालले डाक्टर व्यवस्था गरिदिन आग्रह गरेको उनले बताए ।
पाँच घण्टा पैदल हिंडेर झाडापखाला र ज्वरोले थलिएकी बिरामी लिएर आएका सिद्धारा–३ का मानबहादुर वि.क.ले अस्पतालमा डाक्टर अभावले छोरीको झाडापखालाको मात्र उपचार गरेर सामान्य औषधी खुवाएर घर फर्कन बाध्य भएको बताए । ‘यहा“का डाक्टरले बुटवल लैजान भन्नुभयो’, वि.क.ले केन्द्रबाटै टेलिफोनमा भने, ‘मसंग उपचारका लागि बुटवल लैजान पैसा नभएपछि घरै फर्कन लागेको छु ।’
केन्द्रका सिनियर अहेव पिताम्बर अधिकारीले केन्द्रमा डाक्टर नहुँदा केन्द्रको २४ घण्टे प्रसुती सेवा प्रभावित हुनुका साथै सामान्य रोगका विरामीलाई समेत उपचारका लागि अन्यत्रै रिफर गर्नु परेको बताए । ‘दैनिक १ सय २० जनासम्म विरामी आउने गरेका छन’, अधिकारीले भने, ‘ति मध्ये दैनिक ८/१० जनालाई डाक्टर अभावले थप उपचारका लागि अन्यत्रै रिफर गर्दै आएका छौं ।’ उनका अनुसार दक्ष स्वास्थ्यकर्मी र प्राविधिकको अभावमा अस्पतालका इसिजी र एक्सरे मेसिन समेत प्रयोग विहिन भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग