Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रक्सि ठानेर तेजाव खाँदा गुल्मीमा एकको मत्यु

Published on 8:56:00 PM //


गगनशिला खड्का
गुल्मी, २४ साउन । रक्सी भन्दै झुक्किएर तेजाव खाँदा गुल्मीको जयखानी गाविसमा एकजनाको मृत्यु भएको छ । जयखानी गाविस ४ छाप निवासी ६० वर्षिय पाटीश्वर विकले रक्सी भनि झुक्किएर तेजाव सेवन गर्दा सिकिस्त विरामी पर्नुभएका उहाँको गएराति मृत्यु भएको हो । हिजो विहान एक गीलास तेजाव सेवन गरेपछि गम्भिर विरामी पर्नुभएका विकको नाकमुखबाट रगत बगीरहेको अवस्थामा जयखानी उपस्वास्थ्यचौकीमा पु¥याइएको अनमी सुमी श्रेष्ठले बताउनुयो ।
विकलाई उपस्वास्थ्य चौकीमा प्राथमिक उपचार गरीरहे पनि जयखानी गाविस अत्यन्तै दुर्गम गाविस भएकोले थप उपचारका लागी बाहिर लैजान कुनै बाटोघाटोको सुविधा नभएकोले मृत्यु भएको श्रेष्ठले बताउनुभयो् । नाकमुखबाट रगत बगीरहेका उनी अचेत अबस्थामै थिए । उनको अबस्था गम्भिर भएपनि आर्थिक अभावका कारण उपचार गर्न नसकिएको स्थानियले जनाएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग