Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तमघासको तिनधारा पँधेरो सरसफाई जुटे स्थानिय समाजसेवी र सेना

Published on 9:10:00 PM //


प्रेम सुनार
साउन २४, गुल्मी । उदिनढुङ्गा धागिथुम युवा कल्वले बुधबार बिहान तम्घासको ऐतिहासिक तिनधारा पँधेरो सरसफाई गरेको छ । तम्घासको बजार बिस्तार हुनुभन्दा अघिसम्म स्थायिवासीको एक मात्र पानी पधँरो रहेको तिनधारा पँधेरो अहिले सम्म बजारको किनुवा पानीको अभावमा एक मात्र विकल्प समेत बनेको छ ।
अत्यन्तै चिसो र मिठो पानीका रुपमा सदियौंदेखि वखान गरिँदै आएको तिन धारा पानी मुलले तमघासलाई पहिलो पटक विधुतिय उज्यालो समेत दिएको थियो भने अहिले नेपालमै नमुना तमघास बृहत लिफ्टीङ्ग सिस्टम खाने पानी आयोजना समेत दिएको छ । यद्यपि स्थानियवासीले जनही रकम उठाएर सुरु गरिएको उक्त आयोजनाको पानी क्रमश ब्यापारिकरण हुँदै जान थालेको स्थाानयसीको गुनासो पनि सुनिन थालेको छ । जसको संरक्षण, सरसफाई र उचित सदुपयोगको लागि रथानियवासी जागरुक हुनु पर्ने धारणा सरसफाई कार्याक्रममा वक्ताहरुले राखे ।
तमघासमा सरसफाईका लागि आएको रकम हाकिमहरुको चाकरीमा औपचारीक कार्यक्रम गरेर उडाईन्छ तर यस्ता ऐतिहासिक पानी पँधेराहरुको संरक्षणमा खासै ध्यान जान नसकेको गुनासो गरे कल्वका सदस्य विष्णु पन्थीले । यहाँका पत्रकारहरु समेत उनै ठुलाबडाहरुको पिछालग्गु हुने र यस्ता संपदाहरुको संरक्षण, प्रचार प्रचारमा ध्यान नदिने गरेको आरोप समेत उहाँले लगाउनु भयो । अर्का सदस्य दिपक आचार्यको गुनासो पनि उस्तै थियो पत्रकारहरुले हामी युवाहरुको राम्रो कामको चर्चा गर्दैनन् ठुलाबडाको पछाडी मात्रै लाग्दछन् ।
स्थानिय समाज सेवी ठाकुर पाण्डेले पनि कल्वले उठाएको विषय र कार्यक्रम आवश्यक भएको र सबैले साथ दिनु पर्नेमा जोड दिनु भयो । त्यस्तै जिल्ला प्रशासन मुद्धा फाँट प्रमुख समेत रहेका स्थानियवासी जयश्वर पन्थीले कल्वले गरेको कार्यक्रमलाई सवैले शिक्षाका रुपमा लिएर आ–आफ्नो घर आँगनबाटै सरसफाईमा जुट्नु पर्ने सुझाव दिनु भयो । त्यस्तै महिला जनज्योति आमा समुहकी गंगा थापाले पधेरो क्षेत्रमा ल्याएर फोहर फाल्नेहरुलाई सख्त कार्यवाही नगरिए पँधेरो फोहर हुने क्रम नरोकिने बताउनु भयो ।
कल्वले २३ गते पत्रकार सम्मेलन गरि २४ गते बृहत सरसफाई, २ गते कृष्ण जन्माष्टमीको अवसरमा गुठीमा कृष्ण पुजा आरधाना, मोटर साईकल ¥याली मार्फत लोप हुँदे गएको परम्परागत रथ जात्रा र रोपाई जात्राको प्रचार-प्रसार गर्ने र २६ गते बृहत रोपाँई जात्रा कार्यक्रम नै गर्ने कल्वका उपाध्यक्ष अजय पन्थीले बताउनु भयो । कल्वका अध्यक्ष उदयबहादुर थापा ३ बर्ष अघि भारतिय सेनाबाट अवकासमा आएपछि स्थानिय युवाहरुलाई थप सक्रिय पार्दै आउनु भएको छ । कल्वले कुलो–कुलेसा, पाटी-पौवा, विभिन्न धार्मिक, प्राकृतिक संपदाको संरक्षण, बाटो मर्मत, लोपन्मुख सिप कला, भाषा संष्कृतिको संरक्षणमा जुटदै आएको कार्यक्रका संयोजक एवम् निवर्तमान अध्यक्ष हिमाल कँवरले बताउनुभयो । उक्त कल्व सहित अन्य ७ वटा क्लब, आमा समुह र नेपाली सेनाको कालिदत्त गुल्म थागिथुम ब्यारेकको समेत सरसफाई कार्यक्रममा सहभागिता थियो । साउन २६ गते आयोजना हुन गईरहेको बृहत रोपाँई जात्रामा सहभागिताको लागि उहाँले आग्रह समेत गर्नुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग