Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा खेल प्रति बढ्दो आकर्षण

Published on 10:47:00 AM //


प्रेम सुनार
गुल्मी, २८ साउन ।  गत बर्षको क्षेत्रिय र राष्ट्रिय खेलकुद प्रतियोगितामा यहाँका खेलाडिहरुले राम्रा पदकहरु हात पार्न सफल भएपछि यहाँका युवा युवतहिरुमा विशेष गरी तेक्वान्दो र कराँते खेलप्रति आकर्षण बढ्दै गएको छ ।
गत फागुन महिनामा सुदूरपश्चिमको महेन्द्रनगरमा सम्पन्न छौंठौ राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो प्रतियोगितामा ज्ञानु गेलाङले गुल्मी जिल्लालाई काश्य पदक दिलाएकी थिइन् । त्यस्तै माघ महिनामा बुटवलमा सम्पन्न क्षेत्रिय प्रतियोगितामा तेक्वान्दोमा तीन स्वर्ण, एक रजत चार काश्य पदक प्राप्त गरेपछि युवायुवतीको यसरी आकर्षण बढेको हो ।
राष्ट्रिय प्रतियोगितामा काश्य पदक विजेता गेलाङ सहित अधिकांस सिद्धबाबा उच्च मा.वि. ,रेसुङ्गा बहुमुखी क्याम्पस र अर्जुन आवसीय उच्च मा.वि.का विद्यार्थीहरु भएकोले अधिकांस स्कुले विद्यार्थीहरुको थप आकर्षण बढेका खेल प्रेमीहरु बताउछन् । त्यसो त तेक्वान्दोका महिला खेलाडिहरुले केहि दिन अघि फुटबल खेलमा पनि प्रथम स्थान हाँसिल गरेका थिए ।
पछिल्लो चरण जिल्लामा प्रशिक्षकहरुको अथक प्रयासका कारण यहाँका खेलाडिहरु को मनोवल उचो राखिएको र खेलाडि उत्पादनमा राम्रो प्रगती भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक के.सी. ले बताउनुभयो । तर खेलाडिहरुलाई आवस्यक सामग्री एंव भौतिक पूर्वाधारका लागि क्षेत्र र केन्द्रले हेर्न नसकेको गुनासो छ के.सी.को । आई टि एफमा नवराज खरेल, सितोरियो करातेमा उमेश थापा, बक्सीङ्गमा सत्यन्द्र बस्नेत रहेको र कराँते खेलप्रति आकर्षण बढ्दो भएपनि संवद्ध पक्षले खासै चासो दिन नसकेको कराँते खेलका जिल्ला अध्यक्ष गेविन्द वरालले बताउनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग