Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हजुरबुबाद्वारा नौ वर्षीया बालिका बलात्कृत

Published on 4:30:00 PM //


३० साउन, सिन्धुलीमाढी । सिन्धुलीको ककुरठाकुर गाँउ विकास समिति-८ निवासी ९ वर्षीया बालिका हजुरबुबा पर्ने एक वृद्धबाट बलात्कृत भएकी छन् ।

पीडित परिवारले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आज किटानी जाहेरी दिएपछि बलात्कार गरेको रहस्य खुलेको हो । साउन ११ गते ६५ वषर्ीय मानबहादुर बम्जनले घरमा कोही पनि नभएको अवस्थामा बिहान बलात्कार गरेको पीडित बालिकाले बताइन् ।

बाबुआमा बिहानै दाउरा लिनका लागि जङ्गल गएका थियौँ । दिँउसो ३ बजे घरमा आइपुग्दा श्रीमतीमार्फत घटनाको बारेमा जानकारी पाए-पीडितका पिता कृष्णबहादुर तमाङले बताउनुभयो । स्थानीय नमुना युवा क्लबले आर्थिक सहयोग सङ्कलन गरी पीडित बालिकाको उपचारमा सहयोग पुर्‍याएको क्लबका अध्यक्ष गणेशबहादुर कार्कीले बताउनुभयो ।

आरोपित अभियुक्त बम्जन लट्टे धामी छोराको घरमा एक महिनादेखि बस्दै आएको स्थानीय बासिन्दा सन्तबहादुर तमाङले जानकारी दिनुभयो । पीडित परिवारको आर्थिक अभाव र त्रासका कारण उजुरीमा ढिलाइ भएको भए पनि किटानी जाहेरीपछि फरार रहेका अभियुक्त बम्जनको खोजी सुरु गरिएको जिप्रकाका प्रहरी निरीक्षक दिलीप झाले जानकारी दिनुभयो । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग