Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केएफसी र पिज्जाहट अनिश्चितकालका लागि वन्द, एक सय ८० कामदार मारमा

Published on 4:50:00 PM //


३० साउन, काठमाण्डौ । देवयानी इन्टरनेश्नल प्रालीले खोलेका बहुराष्ट्रिय रेस्टुरेन्ट केएफसी र पिज्जाहट मंगलवारवाट अनिश्चितकालका लागि वन्द भएका छन् । काम छोडेर कर्मचारीहरु नै आन्दोलनमा उत्रिएपछि दरवारमार्गमा र थापाथलीमा रहेका केएफसी, पिज्जाहट, क्रिमबेल र पिएचडी रेस्टुरेन्ट वन्द भएका हुन् ।

रेष्टुरेन्टमा कार्यरत मजदूरहरुले कम्पनीका मानव संशाधन विभाग प्रमुख कृष्ण शर्मामाथि हिजो आक्रमणको प्रयास गरेपछि रेस्टुरेन्ट बन्द गरिएको कम्पनीले जनाएको छ । लगानी कर्ता कम्पनी देवयानीले मंगलवार जारी गरेको विज्ञप्तीका अनुसार रेष्टुरेन्टका मानव संशाधन विभागका प्रमुखमाथि नै दुर्व्यवहार भएको तथा ज्यान नै लिने धम्की दिएकाले अनिश्चित कालका लागि रेष्टुरेन्टहरु वन्द गरीएको उल्लेख छ ।

कम्पनीमा १ सय ८० जना नेपाली कामदारहरु कार्यरत छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग