Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नव गठित माओवादीको गाउँ कमिटी गठन

Published on 12:00:00 AM //


प्रेम सुनार
गुल्मी, साउन २८ । नव गठित ने.क.पा. माओवादी गुल्मीले गाउँ कमिटी विस्तारलाई तिव्रता दिन थालेको छ । यहि क्रममा उसले जिल्लाको म्यालपोखरी गाउँ कमिटी गठन गरेको छ । कार्यकर्ताहरुको भेलाले उक्त गाउँ कमिटीको अध्यक्षमा बल बहादुर खत्री, उपाध्यक्ष मेघबहादुर खत्री, सचिव मिन बहादुर खत्री, सह-सचिव मिन बहादुर भट्टराई, कोषध्यक्ष भीम बहादुर के.सी. र सदस्यहरुमा ६१ जना रहेको जनाईएको छ ।
कमिटिको गठन सो पाटीका मगराँत राज्य समिति सदस्य टिकाराम पोख्रेल र जिल्ला सचिव खिमबहादुर के.सीको आतिथ्यतामा भएका हो । नेताद्धयले सत्ता कब्जा र गरिबको लागि गरिबकै संगठन भन्ने कुरामा प्रशिक्षण दिएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग