Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली लोकल ठर्रा विश्वकै खाउँखाउँलाग्ने पेय पदार्थको सुचिको ४१ औँ नम्बरमा

Published on 8:14:00 PM //


न्युयोर्क । नामुद जँड्याहाले समेत घुटुक्क निल्दा मुख विगार्ने लोकल ठर्रा विश्वकै उत्कृष्ट ५० पेयहरुको सूचीमा  परेको छ । अमेरिकी संचार कम्पनी सिएनएनले सार्वजनिक गरेको सूचीमा ४१ नम्बरमा पर्न सफल नेपाली रक्सीको बखान गर्ने सिएनएन भन्छ, कोदो वा चामलबाट बनाईने रक्सी नाकमा ठुस्स गन्ध आउँछ र हरहर भइरहेको आँतलाई शितलता प्रदान गर्छ ।  नेपालीहरु चाडपर्व मनाउने क्रममा यसको सेवन गर्छन, हाम्रो विचारमा रक्सि आफंैमा उत्सवको कारण हो ।
सिएनएनको सो सुचीमा भारतको पेय आँपको लस्सी ५० औं नम्बरमा छ । अर्थात पेय पदार्थको सूचीमा लोकल ठर्राले लस्सीलाई समेत पछि पारेको छ । । सिएनएनले २०११ को डिसेम्बरमा प्रकासित गरेको सूचीलाई ११ अगस्ट २०१२ मा पुनः अपडेट गरेको हो । सूचीमा नेपाली रक्सी र उत्कृष्ट १० स्थानमा रहेका पेय पदार्थको स्थान परिवर्तन भएको छैन ।  
सीएनएनको सूचीमा पहिलो नम्बरमा सर्वव्यापि पेय पदार्थ पानी परेको छ भने पानीलाई पछ्याउँदै अमेरीकाको कोकाकोला दोश्रो नम्बरमा, इथियोपियाको कफि तेस्रो, वियर चौथो, चिया पाँचौं स्थानमा परेका छन् । मलेसियाली पेयर एयर माटा कुसिङ छैंटौं स्थानमा छ भने अमेरीकी सुन्तलाको रस सातौं, रेड वाईन आठौं, इंगल्याण्डको जीन र टनिकको मिश्रण नवौं तथा चकलेट र अमेरिकी कन्फेक्सनरी परिकार मार्समाल्लोसको मिश्रण दशौं स्थानमा छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग