Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होराईजन होस्टलमा ८ कक्षामा पढ्ने छात्राले गरिन आत्महत्या

Published on 2:45:00 AM //


पाल्पा, भदौ १०, तानसेनको न्यू होराईजनकी एक छात्राले शनिबार बेलुका अत्महत्या गरेकी छिन्। कक्षा ८ मा पढ्ने स्याङ्जा सटुकाकी सदिक्षा पाण्डेले काजिपौवास्थित होस्टलको कोठामा पासो लगाएर अत्महत्या गरेकी प्रहरीले जनाएको छ। हाल भगतीटोलमा बस्दै आएकी १३ बर्षीया पाण्डेले बेलुकापख आफू सहित १५ जना साथीहरु सुत्ने कोठामा पासो लगाएकी हुन्। होस्टलको तेस्रो तलाको कोठामा उनले पासो लगाएको अवस्थामा होस्टल कर्मचारी र प्रिन्सिपल डाँसुराम पन्थीले देखेका थिए। ‘स्टाफले देखेर मलाई भने, हेर्दा झुण्डिएको देख्यौं,’ प्रिन्सिपलले भने। साथीहरुसंगै टिभि हेरेर बसेकी पाण्डे एक्कासी उठेर कोठामा गएकी र पाँच मिनटपछि हेर्दा झुण्डिएको देखेको पन्थीले
बताए।

प्रहरी नायव उपरिक्षक मीरा चौधरीले घटनाबारे अनुसन्धान हुने बताईन्। मृतक पाण्डे नेविसंघका जिल्ला नेता समेत रहेका केशव बश्यालकी भान्जी हुन्। बश्यालले पाल्पा दैनिकसंग भने ‘होस्टलमा कर्मचारी र अन्य विद्यार्थीहरु समेत रहेको अवस्थामा उनले कसरी आत्महत्या गर्ने वातावरण बन्यो बुझ्न सकिएन?’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग