Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक मर्मत नहुँदा यात्रा जोखिम

Published on 11:09:00 PM //


पि.एम.मगर
गुल्मी, भदौ १३ । केही दिनअघि परेको अविरल वर्षाका कारण विग्रिएको कच्ची सडकहरुको मर्मत कार्य नहुँदा ग्रामिण क्षेत्रका जनता अहिले पनि जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन्। सडक विग्रिएपछि समयमै त्यसको मर्मत कार्य हुन नसक्दा जनताले यस्तो जोखिम मोल्नु परेको हो। गुल्मीको गौडाकोट गाविसदेखि जुभुङ्ग झिरवास, मजुवा साथै झिरवास हुँदै बलिथुम, पराल्मी रातामाटा जोड्ने सडकहरुमा पनि विचविचमा स–साना पहिरो जानुका साथै खाल्डोहरु परेका कारण यात्रा गर्न समस्या उत्पन्न भएको छ।

ती सडकहरुको यात्रा निक्कै जोखिमपुर्ण भएपनि डराई डराई यात्रा गर्नुपरेको सर्वसाधारणहरुको गुनासो छ । संवन्धित पक्षले सडक मर्मतको लागि कुनै चासो नदेखाएपछि आफुहरु कराएर मात्रै केही नहुने उनीहरुको भनाई छ। सडककै कारण खाद्यान्न लगायत अन्य वस्तुहरुमा चर्को भाउ तिर्न बाध्य भएको उनीहरुको गुनासो छ। त्यस्तै चाडपर्वहरुको आगमनसँगै यतिबेला देश विदेशबाट आफ्नो गाउँमा फर्किनेहरुको चहलपहल बढ्न थालेको छ। ग्रामिण सडकको यस्तो हालतले उनीहरुलाई समेत सास्ती भएको छ।

भनेको समयमा सवारी साधन नपाईने तर पाईएपनि सडकको यस्तो अस्तव्यस्तताका कारण उनीहरु पैदल हिड्न बाध्य भएका छन्। विदेशबाट आउनेहरुले पहिले पहिले जस्तो भरियालाई सामान बोकाएर घरमा जान बाध्य छन्। त्यतिवेला खसेका पहिरो हटाउन तथा सडक मर्मत गर्न अहिले पनि संवन्धित पक्षको ध्यान जान सकेको छैन। सडकको यस्तो हालतले गर्दा सवारी साधन सञ्चालनमा समेत निक्कै समस्या भएको सवारी चालकहरुको भनाई छ । सडक बिग्रिएपछि यात्रु मात्र नभई विशेष गरी विरामी तथा सुत्केरी आमाहरुले निक्कै समस्या खेप्नु परेको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग