Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिमहाघाट पुल बनेन, सर्वसाधारणलाई सास्ती

Published on 1:09:00 PM //


प्रेम सुनार
श्रावण २०, गुल्मी । सदरमुकाम तम्घासबाट पश्चिम क्षेत्र नम्बर ३ र प्युठान जिल्लासम्म जोड्ने सिमहाघाट पुल निर्माण कार्य समयमा सम्पन्न नहुँदा त्यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परीरहेको छ ।  बर्षायाम भित्रिए लगत्तै त्यस क्षेत्रका हजारौं वासिन्दा पैदल हिडेरै सदरमुकाम आवत जावत गर्न बाध्य भएका छन् ।
पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, पाल्पाले निर्माण व्यवसायी मार्फत गत आर्थिक बर्षमै सम्पन्न गर्नु पर्ने उक्त पक्की पुल अहिले सम्म पनि सम्पन्न गर्न सकेको छैन । यतिबेला करिव ९८ प्रतिशत काम भएको स्थानीय समाजसेवी भुपाल पोखरेलले बताउनु भयो । सरकारको नेतृत्व गरेको पार्टी, माओवादीका नेता समेत रहेका पोखरेलले भन्नु भयो– ‘कहिले पुल बन्छ र नियमित यातयात सुविधा उपभोग गर्न पाईएला भन्ने अशामा छु", उहाँले थप्नु भयो, "अब त छिट्ठै बन्छ होला ।" पोखरेलको जस्तै अन्य सर्वसाधरणहरुको पनि उस्तै आशा छ । यो बर्षयाममा गाडी गुडाउन नसके पनि दशैं सम्म त कसो नसकिएला र ? यसरी स्थानिय नेतादेखि सर्वसाधरणले आज, भोली, पर्सी भन्दै आशाको पाईतो सार्दै छन् ।
सिमहाघाट पुल समयमा सम्पन्न नहुँदा बर्षायाम भित्रिए लगत्तै त्यस क्षेत्रका हजारौं जनता विशेष गरी विरामी र ढुवानीको समस्यामा परेका छन् । सम्बन्धित निकायले यो समस्या बुझेर निर्माण कार्यलाई तिब्रता दिने कि ?
तम्घास, अर्खले हुँदै नयाँगाउँबाट जैसीथोक तर्ने सिमहाघाट पुल– धुर्कोट रजस्थल, वस्तु, भनभने, वाग्ला, पुकोर्टदह, म्यालपोखरी, मलायगिरी, बाँझकटेरी,गुल्मीकै अति दुरदराज गाविस अग्लुङ्ग र छिमेकी जिल्ला प्युठान सम्मका जनता लाभान्वित हुन्छन् । तस्बिर: प्रेम सुनार

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग