Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा पोखरीमा डुबेका एक बेपत्ता, एकको जिवितै उद्दार

Published on 10:27:00 AM //

अप्डेट: पोखरिमा डुबेर बेपत्त भनिएका सापकोटको मृत्‍यु भएको गुल्मी प्रहरिले पुष्टी गरेको छ ।

प्रेम सुनार
गुल्मी, २२ साउन गुल्मीको । ऐतेहासिक तपोभुमी रेसुङ्गमा तिर्थ गर्न गएका एक श्रद्धालु भक्तजन सोहि तिर्थ स्थलको पोखरीमा डुबेर बेपत्ता भएका छन । सोमबार बिहान ८.३० बजेको समयमा रेसुङ्गा पोखरीको जल द्धारा स्नान गरि माथी यज्ञ शालामा पुगी ऋषि श्रृङ्गेश्वरको दर्शन गर्न आटेका दिबुङ्ग गाबिस वाड नं. ५ अर्जेवा निवासी १९ वर्षिय मिन प्रसाद सापकोटा यसरी दर्शन गर्न नपाइ उक्त पोखरीमा डुबेर बेपत्ता भएका हुन । त्यस्तै उनि सगै छिमेकी अर्जुन सापकोटाको भने तिर्थ यात्रीहरुले नै तत्काल जिबितै उद्धार गरेका छन । मिन प्रसादको अबस्था भने अज्ञात छ । खोजि कार्यको लागी प्रयास जारी रहेको जिल्ला प्रहरि कार्यलय गुल्मीले जनाएको छ । पबित्र तपोभुमी रेसुङ्गामा हरेक वर्ष साउनेमेला लाग्ने गर्दछ । त्यस क्रममा जिल्ला बाहिर देखि भारतीय भक्तजनको समेत घुइचो लाग्ने गर्दछ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग