Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी सडक अवरुद्ध

Published on 3:05:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २५ साउन । अविरल वर्षाको कारण पहिरो जाँदा आज विहानदेखि गुल्मीको रिडी-रुद्रवेणी सडक खण्ड अवरुद्ध वनेको छ । रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरु गाविस ३ स्थित पुलक्याम्प र ग्वादी गाविस ५ स्थित साँघुरेमा पहिरो खस्दा उक्त सडक अवरुद्ध वनेको हो । सडक अवरुद्ध वनेपछि अहिले त्यस क्षेत्रमा सवारी साधनहरु संचालन हुन सकेका छैनन् । उक्त ठाउँमा सडक सुचारु भएको २४ घण्टापछि पून: सडक अवरुद्ध वनेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक विनीमहादेव पौडेलले जानकारी दिनु भएको छ । जिल्लामा सवैभन्दा वढी सवारी साधनहरु संचालन हुने उक्त सडक वर्षाका कारण पहिरो खस्दा पटक पटक अवरुद्ध वन्दै आएको छ ।
वर्षाका कारण सडक भत्किनुका साथै पहिरो गएका कारण गुल्मी जिल्लाका अधिकांस ग्रामिण क्षेत्रका सडकहरुमा समेत गत तीन सातादेखि यातायात सेवा अवरुद्ध वनेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग