Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा हराएका मध्य ७७ जना फेला परे

Published on 3:09:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २४ साउन । गुल्मी जिल्लामा आलसम्म हराई रहेका भनिएका १ सय ३९ जना मानिसहरु मध्य ७७ जना मानिसहरु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलनगरि उक्त कुराको जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार जिल्लामा अझै ६२ जना मानिसहरु हराईरहेको भन्दै उनीहरुको अवस्थाको वारेमा प्रहरीले खोजी कार्य जारी राखेको वताईएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक राजकुमार वैदवारले प्रहरीले तीन हप्ताको अवधिमा गरेको खोजतलासको क्रममा ७७ जनाको विवरण मात्र फेला पारेको वताए । प्रहरीले हराएका भनिएका व्यक्तिहरुको घर घरमा पुगि फेला पारेको विवरण अनुसार फेला पर्नेहरुमा ५१ महिला, २१ वालवालीका र ५ जना पुरुषहरु रहेको वताईएको छ । प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा जिल्लामा अझै ६२ जना मानिसहरु भने हराई रहेको तथ्यांक रहेको छ । यसरी हराईरहेकाहरुमध्य १३ वालवालीका, ४६ महिला र ३ पुरुषहरु रहेका छन् ।
प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार फेला परेकाहरु मध्य ११ जना विवाह गरि वसेका,३५ जना घरमै फर्केका,१ जना आत्म हत्या गरेका, ४ जना माईतीमै गई वसेका, १३ जना दोश्रो विहेगरि वसेका, ८ जना वैदेशिक रोजगारिमा गएका र ५ जना अन्यत्र ठाउँमा गई डेरागरि वसेका व्यक्तिहरु रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग