Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेरास्ववियु गुल्मीको बैठक सम्पन्न

Published on 4:22:00 AM //


प्रेम सुनार
साउन ३१, गुल्मी
नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियु गुल्मी, जिल्ला कमिटीको प्रथम बैठक सदरमुकाम तमघासमा आज सम्पन्न भएको छ ।
नेकपा एमालेका विल्ला सथचवालय सदस्य एवं विध्यार्थी ईन्चार्ज हिरा एसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नव निर्वाचित कमिटीका पदाधिकारी एवं सदस्य विच बधाई एवं शुभकामना आदन प्रदान गरिएको थियो । तत्पश्चात कम्युनिष्ट विधी अनुरुप ध्यिार्थी ईन्चार्ज एसीले कमिटीलाई शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा विध्यार्थी नेताहरुलाई सम्वोधन गर्दै नेता एसीले ठुलो संगठनमा कतिपय साथीहरुमा असन्तुष्टी हुनु स्वभाविक भएको र त्यो असन्तुष्टीलाई संवोधन गर्न पाार्टी लागि परेको बताउनु भएको थियो ।

बैठकले अनेरास्ववियुको २२ औं जिल्ला सम्मेलनलाई सहयोग गर्ने सबैपक्षलाई धन्यबाद ज्ञापन गरेको छ । नेतृत्व निर्माण र व्यवस्थापनमा सामन्य कमजोरीका वावजुद पनि भव्यरुपले सम्मेलन सम्पन्न भएको बैठकले समिक्षा गरेको छ । त्यस्तै आगमी भदौ ९ गतेदेखि ११ गतेसम्म काठमाण्डौमा हुन गईरहेको विधान सम्मेलनका लागि सुझाव बनाउने कार्य पनि बैठकले गरेको छ र्। , बैठकले क्षेत्र नं.१ का विध्यार्थी नेता सुरेश कंडेल र क्षेत्र नं.२ का नेता विमल ज्ञवालीलाई संयोजकको जिम्मेवारी दिएको छ । ति नेताहरुको सयोजनमा अध्यक्ष ओम कार्कीले ति क्षेत्रहरुमा अगुवा कार्यकर्ता प्रशिक्षण गरि संगठनलाई चुस्त दुरुस्त र जुझारु बनाउने जिम्मेवारी दिएको छ । सो संगठनको २२ औं जिल्ला सम्मेलन गत असार ८ र ९ गते सदरमुकाम तमघासमा भएको थियो । बैठक अध्यक्ष कार्कीको अध्यक्षता र संचालन सह–सचिव शोभाखर गिरीको संचालनमा सम्पन्न भएको हो ।

तर असन्तुष्ट पक्षको वहिष्कार विवाद कायमै

२२ औ जिल्ला सम्मेलनमा नेतृत्व चयनमा असन्तुष्टी जनाउदै आएका पक्षले भने बैठक नै बहिष्कार गरिएको र विवाद झन चुलिएको जनाएको छ । उनिहरुले कमिटीलाई नै मान्यता नदिएको उदेघोष गर्दै दिईएको जिम्मेवारी बहिष्कार गरेका छौं समचारमा भनिएको छ ।
क्षेत्र नं. २ बाट सम्मेलनमा सहभागि प्रतिनिधीहरुले जिल्ला नेतृत्व चयनका क्रममा सिङ्गो क्षेत्र नं. २ लाइ पदधिकारीमा प्रतिनिधित्व बिहिन बनाएर अन्याय र उपेक्षा गरिएको भन्दै सम्मेलन बहिस्कार गरि आगामी बैठमा सहभागि नहुने बताएका थिए । अध्यक्ष पदका उम्मेदबार राजेन्द्र बिक्रम कुवँर,उपाध्यक्ष पदका उम्मेदवार बिमल ज्ञवाली ,बिनोद न्यौपाने र सचिव पदका उम्मेदबार काशीराम पाण्डेयले नेतृत्व चयनमा मनोमानी गरिएको भन्दै घोषित जिम्मेवारी अस्वीकार गदै आएका छन । सम्मेलन सम्पन्न भएको करिव २ महिना पछि आयोजित जिल्ला कमिटी बैठकमा क्षेत्र नं. २ र ३ बाट प्रतिनिधित्व गर्ने अधिकांस सदस्यहरले आजको बैठक बहिस्कार गरेका छन उनिहरुद्वारा प्रेषित समचारमा उल्लेख छ । उता जिल्ला सम्मेलनबाट सचिव पदका लागी जिम्मेवारी घोषण गरिएका राजेन्द्र बिक्रम कुवँरले क्षेत्र नं. २ का प्रतिनिधीहरुले उठाएको माग जायज रहेको र समस्याको उचित समधान ननिस्कुञ्जेल बैठकमा सहभागी नहुने भन्दै बैठक बहिस्कार गरेको जानकारी दिनु भएको छ ।
यसरी असहमतीका बाबजुत जबजस्ती गरिने सांगठनिक क्रियाकलापले गुटगत शैलीको झल्को दिएको भन्दै सपथ ग्रहण पनि नगरि बैठक बहिस्कार गरि निस्कीएका कुवँरले बिद्यार्थी इन्चार्ज हिरा एसी एबं पार्टी पंिक्तले समेत बिबाद समधानका लागी प्रभावकारी पहल कदमी नलिएको अनरोप लगाईएको छ । सांगठनिक समस्या समधानकालागी पार्टी पंतmी एबं अनेरास्वबियुका माथिल्ला कमिटी जिम्मेबार नबने संगठन अनुशासनहिनता र निष्क्रयताको पराकाष्टमा पुग्ने दाचेतावनी समेत दिईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग