Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक झट्कामै अरबपति

Published on 8:25:00 AM //


मान्छेको भाग्य खुल्न के बेर ? कहिलेकाहीँ सपनामा पनि नचिताएको सफलता साँच्चिकै जिवनमा प्राप्त हुन्छ । यस्तै भएको छ बेलायतको एक प्रौढ जोडीलाई ।

बेलायतको सफकमा बस्ने ४१ वर्षका एडि्रयन बेफोर्ड र उनकी पत्नी जिलियन एकाएक अर्बपति बने । आफ्नो हातमा झण्डै २० लाख रुपैयाँ बराबरको चेक देख्दा सुरुमा त उनीहरुलाई विश्वास नै लागेन । विश्वास नगरी सुखै थिएन । आखिर मिहिनेत नै नगरी अरबौँ रुपैयाँ हात परेपछि उनीहरुमा खुसीको सिमा रहेन ।

वास्तवमा उनीहरुले यो कहिल्यैपनि सोँचेका थिएनन् की एक दिन अचानक उनीहरुलाई यति ठूलो चिट्टा पर्नेछ र आफुहरु विश्वको सबैभन्दा धनी १ हजार परिवार भित्र पर्नेछौँ भनेर ।

दुइ सन्तानका अभिभावक एडि्रयन र जिलियनले हालै झण्डै २० अर्ब रुपैयाँ बराबरको चिट्टा जिते । अनी यो रकम कुम्लाएसँगै उनीहरु बेलायतका ५ सय १६ औँ धनी दम्पती बने ।

एडि्रयनले एक सेकेण्ड ह्याण्ड म्यूजिक पसल चलाउँथे भने जिलियन अस्पतालकी नर्स हुन् । चिट्टामा यतिधेरै रकम जितेपछि उनीहरुले त्यसको सदुपयोग पनि गरिसकेका छन् । उनीहरुले २ लाख पाउण्डमा तीन बेडरुम भएको एक घर खरीद गरिसकेका छन् । भाग्य चम्किएर मोटो रकम हात लागेपछि अब आफ्ना दुखका दिन सकिएको उनीहरुको विश्वास छ ।
अन्लाईनखबर डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग