Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ महिनादेखि मोवाइलको टवरले काम गरेन, उपभोक्ता मर्कामा

Published on 3:22:00 AM //

गुल्मी जिल्लाको धुर्कोटमा केही समय अगाडि निर्माण गरिएको नमस्ते मोवाइलको टावरले विगत ६ महिना देखि काम नगर्दा गुल्मी क्षेत्र नं. ३ का ६ भन्दा बढी गाउँ विकास समितिका हजारौ जनताहरु मोवाइल फोन सेवाबाट बञ्चित हुनुपरेको छ । गुल्मी क्षेत्र नं. ३ का धुर्कोट रजस्थल, नयाँगाउँ, पिपलधारा, जैसीथोक, हाडहाडे र भनभने लगाएतका गाउँ विकास समितिका स्थानिय बासिन्दाहरु अहिले फोन सेवाबाट बन्चित हुनुपरेको स्थानिय विष्णु जिसीले बताउनु भयो । गुल्मी जिल्लामा नेपाल टेलिकमको नमस्ते सिमकार्ड अत्याधिक मात्रामा वितरण गरिएको भए पनि टावरले काम नगरेपछि मर्काका परेको स्थानीय बासीन्दाहरुले बताएका छन् । उता दुर सञ्चार कार्यालय गुल्मीले भने धुर्कोटमा टावर जडान गरिएको ठाउँमा विद्युत नभएको कारण सोलारबाट केहि समय चलाइएको र पछिल्लो समय सौर्य शक्तिले काम नगर्दा बन्द भएको जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग