Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टाउकोमा आँखा भएको अनौठो बच्चा जन्मियो (भिडियो सहित)

Published on 2:56:00 AM //

नेपालगन्जमा टाउकोमा आँखा भएको बच्चाको जन्म भएको छ । करिब एक साता भयो, भेरी अञ्चल अस्पताल नेपालगञ्जमा चार हात र चार खुट्टा भएको बालक जन्मिएको । टाउको एउटै भए पनि हात र खुट्टा चार/चार वटा रहेको ती बालकलाई स्वास्थ्यकर्मीहरूले जुम्ल्याहा बच्चाको रूप भनेका थिए ।
प्रसूतिका लागि दाङबाट आएकी खेमलता भण्डारीले यो अस्पतालमा बुधबार फरक प्रकृतिको बच्चालाई जन्म दिएकी छिन् । बच्चाको आँखा टाउकोमा रहेको छ भने नाकको प्वाल छैन । पुलिङ्ग जस्तो देखिएपनि बच्चाको लिङ्ग छुट्याउन सकिने अवस्था छैन । मुख समेत अत्यन्तै सानो रहेको बच्चाको काँधको आकार भने आवश्यक भन्दा ठूलो रहेको छ । खेमलताकी श्रीमान् नरेश भण्डारी पाँच महिना भयो, विदेश गएको । खेमलतालाई गर्भ रहेको आठ महिना बित्दा नै चिकित्सकहरूले बच्चाको शारीरिक अवस्था कमजोर रहेको जानकारी दिएका थिए । तर जस्तो बच्चा जन्मे पनि स्वीकार गर्ने चजेरै भण्डारीले बच्चा जन्माउने निर्णय गरेकी थिइन् ।
१७ वर्षीया खेमलताको अवस्था राम्रै रहेको भए पनि बच्चाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । बुधबार बिहान एक बजे जन्मिएका बालक बुधबार मध्यान्हसम्म जीवित छन् । गत २३ गते भेरी अञ्चल अस्पतालमा चार हात र चार खुट्टा सहित जन्मिएका बालकलाई जीवित राख्न सकिएको थिएन।
विश्वका कतिपय देशहरूमा चिकित्सकहरू यस्ता प्रकारका बच्चाहरूलाई जीवित राख्न सफल भए पनि नेपालमा भने यस्ता प्रकृतिका बच्चाहरूलाई जीवित राख्न सकिएको छैन । खेमलताले जन्माएको फरक प्रकृतिको बच्चालाई बचाउन चिकित्सकहरू सफल हुन्छ् कि हुँदैनन्, त्यो भने हेर्न बाँकी नै छ ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग