कुखुराको मासु प्रतिकेजी रु. २८० भन्दा कममा बेच्न परे सधैको लागि पसल बन्द गर्ने चेतावनी
Published on
10:15:00 AM //
प्रेम सुनार

ती सबै हिसाव गर्दा २ सय ८० प्रतिकेजी कुखुराको मासु बेच्दा जम्मा १२ रुपैयाँ नाफा आउँछ – श्रेष्ठले भने – त्यो भन्दा कम मूल्यमा बेचे सबै व्यावसायीले पसल बन्द गरे हुने भएको छ ।
कुखुराको मासु छिमेकी जिल्लामा बुझ्दा बुटवलमा समेत २ सय ६०, पाल्पामा २ सय ६०, काठमाण्डौ, अर्घाखाँचीमा पनि त्यती नै मूल्य भउको पाईएको छ । यसै गुल्मीको बलेटक्सार बजारमा २ सय ८० र छिमेकी जिल्ला बाग्लुङ्गमा तीनसय रुपैया प्रतिकेजी बेच्ने गरेको जानकारी प्राप्त भएको छ । तम्घास ८ भुजेलखर्कका कुखुरा पालक कृषक तेज बहादुर विश्वकर्मा भन्छन्- कुखुरा पाल्न शुरु गरकेो २ महिना नवित्दै दानाको मूल्य दोब्बर जस्तै बढ्यो । अव जिउँदो कुखुरा १ सय ६० भन्दा कममा बेच्दा नाफाको कुरा छोडौँ लगानी समेत नउठ्ने अबस्था छ ।
जिल्लाको बजार अनुगमन संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अनुमति नलिई मूल्य बृद्धि गरेकोमा सचेत गराईएको बताए । उनले भने – उद्योग वाणिज्य संघले चिनीमा ५० पैसा बृद्धि गर्दा त प्रशासनलाई सोधेर गर्दछ, तर उनीहरुले ४० रुपैयाँ ह्वात्तै बढाउँदा प्रशासनलाई जानकारी समेत दिएनन् । त्यो त दादागिरी शैलीजस्तै भयो । १८ गते सम्मका लागी मूल्य बृद्धि गर्नुपरेको समस्या बुझ्ने र अन्य स्थानको सूचना समेत प्राप्त गरेर निर्धारण गर्ने कुरा भएको छ – अर्यालले भने ।
उता व्याबसायीका अध्यक्ष श्रेष्ठले आफूहरुले गरेको कमजोरी स्विकार गरीसकेकोले तत्काल प्रशासनले अनुमति प्रदान गरे आन्दोलन फिर्ता गरीने अन्यथा अनिश्चितकालिन बन्द गर्न बाध्य हुने बताएका छन् । जिल्लामा अत्याधिक कुखुराको मासु खपत हुने गरेको छ । मासु पसल बन्द हुँदा यहाँका होटल ब्यावसाय प्रत्यक्ष प्रभावित भएका छन् । कुखुरा संगै खसीको मासु बेचिने भएकोले खसीको मासु समेत पाउन गाह्रो भएको छ ।