Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबै माओवादीको बैठक र प्रशिक्षण सम्पन्न

Published on 1:17:00 PM //


प्रेम सुनार
गुल्मी भाद्र १४ ।एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नं २ , इलाका नं ५ को बैठक तथा पशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । सो पार्टीका जिल्ला सम्मेलन आयोजक समितिका व्यवस्थापन समिति संयोजन निमबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा २ नं क्षेत्रिय सम्मेलन समिति संयोजक अशोकथापा मुक्ति र ३ नं क्षेत्रिय सम्मेलन समिति संयोजक बुद्धि जिं। सी. लगाएतका नेताले प्रशिक्षण दिनुभएको थियो । बैठकले ईलाका नं ५ सम्मेलन समिति समेत गठन गरेको छ । बैठक सो पार्टीका शिव ज्ञवालीको अध्यक्षता, खगेश्वर गौतमको स्वागत मन्तव्य र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी नेकपा–माओवादी धुर्कोट गाउँ कमिटि बैठक एवं प्रशिक्षण पनि आज सम्पन्न भएको छ । सो पार्टीका जिल्ला ईन्चार्ज बिरबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा राजु विश्वकर्माको संयोजकत्वमा ६५ सदस्यीय बस्तु गाउँ कमिटी गठन गरेको जनाईएको छ । कार्यक्रममा ईन्चार्ज कार्कीले प्रशिक्षण समेत दिनुभएको थियो । टिका नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रताप परीयारको स्वागत र पूर्णचन्द्र भण्डारीको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग