Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षा सुरु भएपछि पानीको समस्या टर्यो

Published on 12:50:00 AM //


सीता भण्डारी
गुल्मी,२३ साउन । वर्षा सुरु भएसँगै ट्याङ्कीमा पानी संकलन हुन थालेपछि अर्घाखाँचीको गोखुङ्गामा खानेपानीको समस्या टरेको छ । घर छेउँमा बनाएको सिमेन्टको घैटोमा पानी संकलन हुन थालेपछि स्थानियहरुलाई घण्टौँ समय लगाएर पानी बोक्ने समस्याबाट छुटकारा मिलेको हो ।
त्यस क्षेत्रका स्थानीयवासीले अहिले आकाशबाट पानी पर्दा घरको छानोबाट खस्ने पानी बाहिर खेर नफाली घैटोमा जम्मा गर्ने गर्दछन् । यस्तै बल्कोट, चिदिका, केरुंगा लगायतका गाविसमा पनि आकाशबाट पानी परेपछि खानेपानीको दुःख टरेको स्थानीयवासीको भनाई छ । आकाशबाट पानी पर्दा रातको समयमा पनि नसुती घैँटो भर्नमा ध्यान हुने उनीहरुको भनाई छ । सबैले ५ देखि ८ हजार लिटर पानी अट्ने घैटामा संकलन गर्ने पानी खान, कपडा धुन र गाईवस्तुलाई खुवाउने गर्छन । फिनिडा नामक गैर-सहकारी सँस्थाले घर छेउमै सिमेन्टको घैटो बनाएपछि आकाशबाट घरको छानोमा परेको पानी पाईपको माध्यमबाट घैटोमा संकलन गर्न फाईदा पुगेको हो । गाउँका अधिकांश घरमा पानी संकलनका लागि घैटो निर्माण भएका छन । घैटो निर्माण गर्न फिनिडाको १६ हजार र जनश्रमदान गरि करिब २५ हजार खर्चले एउटा घैटो निर्माण भएको गोखुंगाका स्थानीय श्याम घिमिरेको भनाई छ ।
जिल्लाको बल्कोट, केरुगा र चिदिका गाविसका लागि छत्रगञ्ज स्थित मडेलचौर मुहानको पानी तीन वर्षदेखि आउन छाडेको छ । मुहान नजिकै डोजर स्काभेटरले मोटरबाटो खनेपछि त्यहा“का मुहानहरु सुक्दा तीन गाविसका करिब ५० हजार जनसंख्या प्रभावित बनेका छन । तीन गाविसका सबै गाउँलेले हिउँदको बेलामा पानीको समस्या खेप्नु पर्दछ भने वर्षा लागेपछि घैटाले केही राहात दिने गरेको छ । २०३२ सालमा राष्ट्रिय योजना अन्तरगत मडेलचौर मुहानबाट पानी पुर्याईदिए पनि प्रशस्त मात्रामा पानी नभएकाले फिनिडाले ती गाविसका सबै घरमा घैटो निर्माण गरिदिएको थियो । चार गाविसमा नजिकै मुहानका स्रोत नभएको र टाढाबाट ल्याउन लगानी धेरै लाग्ने भएकाले स्थानीय साना योजनाले संभव नहुने तर राष्ट्रिय स्तरका योजनाको लागि जिल्ला र केन्द्रका सरकारी तथा गैरसरकारी निकायमा माग गरेपनि कसैले हात हाल्न नसकेको स्थानीयवासीको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग