Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस दुर्घटनामा ११ को मृत्यु, ३० घाइते

Published on 11:33:00 AM //

समुन्द्र पौडेल/रामेश्वर कार्की
धादिङ, साउन २३- भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु१ख ७०५१ नम्बरको बस मंगलबार बिहान करिब ४ बजेको समयमा धादिङको सिम्लेमा दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन् ।
बस महादेवस्थान गाविसको सिम्लेबाट महेश खोलामा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। १० जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा काठमाडौं मृत्यु भएको गजुरीका सई बिक्रम बस्नेतले बताए। मृत्यु हुनेमा २ महिला र ९ पुरुष रहेका छन्। उनीहरु सबैको सनाखत हुन सकेको छैन्।

दुर्घटनाका सबै घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। सामान्य घाइते भएका यात्रु आफै बस चढेर काठमाडौं लागेको स्थानीय बासिन्दाले बताएका छन्।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग