Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी गुल्मीले मंसिर ७ र ८ मा सम्मेलन गर्ने

Published on 11:24:00 PM //


प्रेम सुनार
गुल्मी, १० भदौ । यूद्धकालदेखि नै कार्यकर्ताको सक्रियताको आधारमा नेतृत्व चयन गर्दै आएको एकीकृत नेकपा माओवादी गुल्मीले आगामी मंसिरमा प्रथम गुल्मी जिल्ला सम्मेलन गर्ने भएको छ ।
एनेकपा माओवादीको शनिबार तम्घासमा सम्पन्न प्रथम गुल्मी जिल्ला सम्मेलन आयोजक समितीको बैठकले आगामी मंसिर ७ र ८ गते तम्घासमा प्रथम गुल्मी जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । सो पार्टिका सातौँ केन्द्रिय महाधिवेशन आयोजक समितीका सदस्य दिनेश पन्थीको विशेष उपस्थितीमा सम्पन्न बैठकले सम्मेलन सम्पन्न गर्नका लागी विभीन्न कार्ययोजना निर्माण गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
सम्मेलनका कार्ययोजना अन्तर्गत भदौ महिनाभरी सदस्यता नविकरण, असोज दोश्रो हप्तासम्म गाउँ भेलाहरु गर्ने र असोज मसान्त सम्म ईलाका भेलाहरु गर्ने निर्णय गरेको छ । माओवादीले कार्तिकमा क्षेत्रीय भेला, जनवर्गिय संगठनका जिल्ला सम्मेलनहरु र जिल्ला र बाहिर जोड्ने सम्पर्क मञ्चहरुका सम्मेलनहरु समेत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै दँशै र तिहारमा पुनर्मिलन तथा आधार विस्तार कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । जिल्ला सम्मेलनका लागी पूर्व सभाषद् सुदर्शन बरालको संयोजकत्वमा राजनितीक प्रतिवेदन तयारी तथा आर्थिक व्याबस्थापन समिती गठन गरेको प्रचार प्रसार समितीका सदस्य भरत पाण्डेय बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार निम बहादुर पाण्डेको संयोजकत्वमा सम्मेलन ब्याबस्थापन समिती, देविराम अर्यालको संयोजकत्वमा अनुसासन तथा अभिलेख व्याबस्थापन समिती र बुद्धि जिसीको संयोजकत्वमा प्रचार प्रसार समिती गठन गरीएको छ ।
माओवादीले जिल्ला सम्मेलन सम्पन्न गर्नको लागी क्षेत्र नं १ मा यूवराज केसी, २ मा अशोक थापा, ३ मा बुद्धि जिसी र जनवर्गिय संगठन तथा मोर्चामा निम बहादुर पाण्डेको संयोजकत्वमा समिती गठन गरीएको छ । त्यसैगरी यसभन्दा पहिला आफ्नै अनुकुलतामा गठन गरीएका जिल्लाका विभीन्न ईलाका बर्तमान प्रशाशनिक ईलाकाका आधारमा विभाजन गरी संयोजक समेत तोकिएको छ ।
प्रचार विभागले दिएको जानकारी अनुसार ईलाका नं १ मा तेजेन्द्र सलामी, २ मा सिर्जना तरामु, ३ मा दयाराम पौडेल, ४ मा यूवराज केसी, ५ मा शिव ज्ञवाली, ६ मा चिन्तामणी ज्ञवाली र ७ मा शेर बहादुर सर्तुङ्गी मगरको संयोजकत्वमा ईलाका सम्मेलन समिती गठन भएको छ । त्यस्तै ईलाका नं ८ मा मनिराम ज्ञवाली, ९ मा खुम बहादुर थापा, १० मा ज्ञान कुमार बुढा, ११ मा भुपाल पोख्रेल, १२ मा बेगम बोहोरा, र १३ मा सूर्य बहादुर बुढाको संयोजकत्वमा सम्मेलन समिती गठन गरीएको छ । माओवादी जिल्ला कार्यालय सचिवमा देविराम अर्याललाई जिल्ला विकाश समितीको कार्यक्रम समेत हेर्ने गरी जिम्मेवारी दिईएको छ । बैठक प्रथम जिल्ला सम्मेलन समितीका संयोजक सुदर्शन बरालको अध्यक्षतामा बसेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग